२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

हिंसात्मक घटनामा १ सय ३२ जना गाउँलेको हत्या

आइतवार , जेठ २३, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, २३ जेठ ।
    हिंसात्मक घटनाबाट पीडित अफ्रिकी मुलुक बुर्किनोफासोको एक गाउँमा हतियारधारीले आक्रमण गरी १ सय ३२ जनाको हत्या गरेका छन् । पछिल्ला वर्षहरुमा बुर्किनाफासोमा हिंसात्मक घटना बढेको तर नियन्त्रणका प्रयासहरु भने भइरहेको त्यहाँका सरकारी अधिकारीहरुको भनाइ छ । अधिकारीहरुका अनुसार बुर्किनोफासोको एक गाँउ सोलहानमा रातभर भएको आक्रमणमा स्थानीय पसल तथा घरहरु जलेर नष्ट भएका छन् ।

    हालसम्म सो आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । तर पछिल्लो समय सीमा क्षेत्रमा स्लामिक आक्रमण बढेको अधिकारीहरुको भनाइ छ । 

    संयुक्त राष्ट्र संघले उक्त घटनाबाट आफु चिन्तित भएको र यस्ता हिंस्रक घटना अस्वीकार्य भएको बताएको छ।  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले उक्त हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।