२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपाद्वारा तिलोत्तमामा स्वास्थ्य सामग्री र पौष्टिक आहार हस्तान्तरण

आइतवार , जेठ २३, २०७८

भैरहवा, २३ जेठ । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले जिल्लाका विभिन्न पालिकाद्वारा सञ्चालित कोभिड–१९ अस्थायी अस्पताल/आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री र पौष्टिक आहार हस्तान्तरण गरिरहेको छ । 

सोही क्रममा आइतबार तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केवलानीस्थित तिलोत्तमा कोभिड–१९ कोरोना अस्थायी अस्पताललाई राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अलि र तिलोत्तमा नगरपालिका अध्यक्ष राधिका पाण्डेसहितको टोलीले स्वास्थ्य सामग्री र पौष्टिक आहार हस्तान्तरण गरेको छ । अस्पताललाई मास्क, स्प्रे सेनेटाइजर, च्यवनप्राश एवं मिनरल वाटर हस्तान्तरण गरिएको राप्रपा रुपन्देहीका निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

त्यस्तै पार्टीले इलाका प्रहरी कार्यालय मंगलापुरलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सामग्री हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तोया नाथ लम्साल, रुपन्देही जिल्ला सदस्य रुक बहादुर पाण्डे, विक्रम के.सी., रुपन्देही क्षेत्र नम्बर १ (क) अध्यक्ष कमल गौतम, देवदह नगर अध्यक्ष माधव रिमाल, तिलोत्तमा नगर उपाध्यक्ष गोपीनाथ पाण्डे, दिपेश बस्याल लगायतको उपस्थिति रहेको थियो । त्यस्तै राप्रपाले सशस्त्र प्रहरी बल गंगोलिया, मौहुवारी चौकीलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 197175153_4007574649363174_1606714977437745031_n.jpg

राप्रपाले यस अघि भैरहवास्थित भीम अस्पताल, ओमसतिया, रोहिणी, सियारी, शुद्धोधन र मायादेवी गाउँपालिकाद्वारा सञ्चालित कोभिड अस्पताललाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरिसकेको छ ।