२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

सैनामैनाका विपक्षी गठबन्धनद्वारा सरकारको विरोधमा विज्ञप्ती जारी 

आइतवार , जेठ २३, २०७८

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • बुटवल, २३ जेठ । 
    रुपन्देहीको सैनामैना नगरपालिकामा क्रियाशिल राजनीतिक दलहरुले प्रधानमन्त्री केपी ओलीले पटकपटक असंवैधानिक कदम चालेको भन्दै विरोध गरेका छन् । आज संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै नगरमा क्रियाशिल ५ राजनैतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीले पटकपटक एकपछि अर्को असंवैधानिक कदम चालेको भन्दै विरोध गरेका हुन् ।

    विज्ञप्तीमा नेपाली कांग्रेसका सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, नेकपा (माओवादी केन्द्र) का संयोजक नारायण महत, नेकपा एमाले (नेपाल—खनाल) समुहका संयोजक नरेन्द्र पोख्रेल, जसपा नेपालका संयोजक टोपराज पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष लालबहादुर क्षेत्री र नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष एकदेव पौडेलले हस्ताक्षर गरेका छन् ।

    प्रम ओलीले पटकपटक प्रतिनिधि सभा विघटन गरी लोकतन्त्रको उपहास गरेको, कोभिड महामारी नियन्त्रण, रोकथाम र उपचारमा असफल रहेको, कमिशनतन्त्र र भ्रष्टाचारलाई प्रश्रय दिएको, कोभिड प्रभावित गरीब विपन्न असहायलाई राहत प्याकेज ल्याउन नसकेको लगायतका विभिन्न आरोप लगाउँदै गठबन्धनले विज्ञप्ती मार्फत विरोध गरेको छ । 

    साथै चुनाव घोषणा गरिसकेको अवस्थामा कामचलाउ सरकारले पूर्ण बजेट ल्याएको, मन्त्रीमण्डल हेरफेर तथा विस्तार गरेको, चुरे दोहन गरी ढुंगागिट्टी, बालुवा भारततर्फ निकासी गर्ने जस्ता असंवैधानिक र राष्ट्रघाती काम गरेको, तानाशाही ढंगले अघि बढेको लगायतका विभिन्न आरोप लगाउँदै विपक्षी गठबन्धनका नेताले ती असंवैधानिक र राष्ट्रघाती निर्णयहरु तत्काल फिर्ता लिन माग गरेका छन् ।