२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मनकारी वडाअध्यक्ष : जसले दिए स्वास्थ्य चौकी भवनका लागि निःशुल्क जग्गा 

आइतवार , जेठ २३, २०७८

गुल्मी, २३ जेठ ।
समाजमा विभिन्न खालका मानिसहरु बसोबास गर्ने गर्दछन् । सबै मानिस एकैखालको हुँदैनन् । कोही समाजको कुभलो र अरुको प्रगति देख्न नसकी रिस डाहा गर्ने मात्र हुन्छन् त कोही यस्ता मान्छे छन् जसले निरन्तर समाजको भलो, विकास र समाजको परिवर्तन चाहिरहेका हुन्छन् । समाजको भलो र परिवर्तन चाहनेमध्येका एक त्यी हुन्, गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दीनेटाका वडा अध्यक्ष तेजकान्त अर्याल ।

अर्याल गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दिनेटामा स्थानीय तहमा निर्वाचित वडा अध्यक्ष हुन् । निर्वाचित भएपछि निरन्तरता जनताका गुनासा सुन्दै र समस्या समाधान गर्न वडाअध्यक्ष अर्यालले यो महामारीको समयमा स्वास्थ्य चौकी भवन निर्माणलाई निःशुल्क जग्गा दिएर उदाहरणीय काम गरेका छन् ।

२०१८ सालमा बनेको भवनबाट स्वास्थ्य चौकी, हुलाक कार्यालय र वडा कार्यालयले सेवा प्रवाह हुँदै आएको थियो । आफूहरुले सांघुरो भवनबाट सेवा प्रवाह झल्दै आएको समस्यालाइ समाधान गर्ने उद्देश्यले आफैले जग्गा उपलब्ध गराएको वडा अध्यक्ष अर्यालले बताए । उनी भन्छन्, ‘गाउँपालिकाका सबै वडाहरुमा स्वास्थ्य चौकी भवनहरु निर्माण भए तर हाम्रो वडामा अझै हुन सकेको थिएन । धेरै ठाउँ आफुहरुले पहल गरेको तर जग्गा उपलब्ध गराउन नसकेको वडा अध्यक्ष अर्यालले बताए ।

स्वास्थ्य चौकी भवन निर्माणको लागि अर्थ मन्त्रालयबाट १५ लाख बिनियोजन भइसकेको छ । बिनियोजन भएको रकमबाट आर्थिक वर्षमा घडेरी समाउने, भवनको जग निर्माण लगायतका काम सुरु गरिएको वडा कार्यालयले जनाएको छ । 

नयाँ भवन निर्माणको लागि अर्यालले आफ्नो साढे ३ रोपनी जग्गा उपलब्ध गराएका हुन् । वडा अध्यक्षले नै आफ्नो जग्गा दिएर स्वास्थ चौकीको भवन निर्माणको काम सुरु हुँदा स्थानीयमा स्थानीयस्तरमै सेवा पाउने आशा पलाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको दोस्रो भेरियन्ट कोरोना भाइरस अर्थात् कोभिड –१९ को महामारीको समयमा पनि सक्रिय रहि काम गर्दै आएका छन् ।