
सोमवार , जेठ २४, २०७८
भैरहवा, २४ जेठ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरको आयोजनामा सोमबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री लिला गिरीले उद्घाटन गरे । सो अवसरमा बोल्दै नेता गिरीले महामारीको बेला अनेरास्ववियु र राष्ट्रिय युवा संघले रचनात्मक कार्य गरेको बताए ।
एमाले युवा नेता वाई.पी. आचार्य ‘सुशान्त’ले कोरोना महामारीको बेला रगतको अभाव हुन नदिन अनेरास्ववियु र युवा संघले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । उनले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागि सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही परिसरमा भएको कार्यक्रममा एमाले रुपन्देही जिल्ला सचिव विश्वराज बराल ‘अनुप’, क्षेत्र नम्बर ३ संयोजक हितराज पन्थी, सिद्धार्थनगर सचिव चक्र बहादुर थापा, ध्रुव अधिकारी लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रममा ४२ जनाले रक्तदान गरेको पार्टीका सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्यले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij