
सोमवार , जेठ २४, २०७८
भैरहवा, २४ जेठ ।
राजकीय थाई बिहार, लुम्बिनीले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । लुम्बिनी स्वर्ण फाउण्डेशनको सहयोगमा बिहारले अस्पताललाई अक्सिजन कन्सनट्रेटर ३ थान, अक्सिमिटर २ थान, सर्जिकल मास्क ६ सय थान, सर्जिकल ग्लोब्स ५० जोडा, सेनिटाइजर ३ ग्यालन र पिउने पानी (मिनरल वाटर) ५० कार्टुन प्रदान गरेको हो ।
राजकीय थाई बिहार लुम्बिनीका प्रमुख भिक्षु सुपोत किन्नवत्तीले सोमबार भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य सामग्री उपलब्ध गराउने थाई बिहारलाई धन्यवाद ज्ञापन गरे । सामग्री हस्तान्तरण कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य गोपाल भण्डारी, ऋषिराम पाण्डेय लगायतको उपस्थिति रहेका थियो ।
यस अघि पनि थाई बिहारले अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij