२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको हुँ : मन्त्री तामाङ

सोमवार , जेठ २४, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • २४ जेठ, काठमाडौं ।

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताएका छन्। 

    सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका हुन्। 
    कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताए ।उनले कोरोना परीक्षण दर पनि बढाउने बताएका छन् ।