२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

गुल्मीमा गरिब र अति विपन्न परिवारहरुलाई खाद्यान्न वितरण

सोमवार , जेठ २४, २०७८

गुल्मी

कोरोना रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण प्रभावित बनेका दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने र गरिव एवम् विपन्न परिवारलाई सिर्तुङ समाज छत्रकोटले राहत सामाग्री वितरण गरेको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १, साविकको हुँगा गाउँविकास समीती वडा नं ४ मा रहेका अति विपन्न र गरिब १८ घरधुरीलाई राहत स्वरुप प्रती घर परिवार १ बोरा चामल, एक पोका नुन र एक किलो दाल हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सुवास चन्द्र भण्डारीले जानकारी दिए । विपदको यो समयमा समस्यामा परेका विपन्न परिवारलाई थोरै भएपनि राहत होस भनेर खाद्यान्न सामाग्री वितरण गरिएको भण्डारीले बताए ।

उनले पहिलो चरणमा गाउँमा स्वास्थ्य सामाग्री वितरण गरेको समाजले दोश्रो चरणमा गाउँमा रहेका गरिव र अति विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरेको हो ।राहत वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् सल्लाहकार मोति भण्डारीले भर्खरै गठन भएको सिर्तुङ समाजले गाउँमा परेका विपत्तीसगं हातेमालो गर्दै सामाजिक काममा सधै तत्पर भएर लाग्ने बताएका थिए ।

उनले कालिका मन्दिरको संरक्षण सगैं गाउँमा फोहोर व्यवस्थापनका कार्यक्रम पनि अब लगत्तै सुरु गर्न लागिएको जानकारी दिए ।उक्त खाद्यान्न सामाग्री विभिन्न सहयोगीदाताहरुको सहयोगमा वितरण गरिएको हो । बुद्धि प्रसाद भण्डारी र डा. सुर्यमणी भण्डारीले उपलब्ध गराउनुभएको रकमबाट खाद्यान्न सामाग्री खरिद गरि वितरण गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा कोषाध्यक्ष सुभाषचन्द्र भण्डारीको स्वागत मन्तव्य र सचिव युवराज भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

194709947_488334428921420_2468838238988777277_n.jpg