२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

सरावलमा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

मंगलवार , जेठ २५, २०७८

नवलपरासी ,२५ जेष्ठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कृषि उपकरण बितरण गरिएको छ । सरावल गाउँपालिकाद्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

किसानहरुलाई कृषि कार्य गर्न सहज र कृषि आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण वितरण गरेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम याेजना अन्तर्गत २२ थान पम्पसेट र ४५ थान मोटर वितरण गर्ने योजना अनुसार साेमवार पहिलो चरणमा ८ वटा पम्पसेट र २६ थान मोटर वितरण गरिएको र बाँकी केही दिनमा थप उपकरण वितरण गरिने कृषि शाखा प्रमुख कुलदीप मिश्रले खबर पात्राे लाई जानकारी दिए ।

किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र आत्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको बताउदै कृषि क्षेत्रलाई आधुनिकीकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक कृषि पकेट क्षेत्र बिकास गर्नकालागि कृषि उपकरण वितरण गरिएकाे गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिले बताए ।

सरावल गाउँपालिकाकाे चालु आवकाे वार्षिक कार्यक्रमकाे याेजना अनुसार किसानहरुलाई कृषि उपकरणमा पचास प्रतिशत अनुदान र प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गतको पचास प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको हाे।

191794360_1097269317426693_1717331287404642274_n.jpg