
बुधवार , जेठ २६, २०७८
भैरहवा, २६ जेठ ।
मारवाडी युवा मंच, भैरहवाले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । मंचले बालगृहलाई सर्फ, साबुन, चुरा, भुजा फुरनदाना, चना, मटर, मकै, सोयाबीन, नुन, चिनी, बेसार, जिरा, खुर्सानी, अदुवा, लसुन लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
‘जहा दुख्छ त्यहाँ पुग्छ’ भन्ने नारालाई आत्मसात गर्दै बालगृहलाई केही सामग्री आवश्यक भएको जानकारी पाएपछि उक्त सामग्री उपलब्ध गराइएको मारवाडी युवा मंच भैरहवाका अध्यक्ष मनोज कुमार अग्रवालले बताए । मंचले बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा मंचका निवर्तमान अध्यक्ष सुनिल सेठिया, कोषाध्यक्ष राजेश अग्रवाल, सुशील बन्सल, मनिष जैन, अनिल शर्मा, अंकित महेश्वरी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij