२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा मर्चवारको आइसोलेशन सेन्टरलाई सहयोग

बुधवार , जेठ २६, २०७८

भैरहवा, २६ जेठ ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले मर्चवारको आइसोलेशन सेन्टरलाई सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले कोटहीमाई र मर्चवारी गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई १ लाख बराबरको अक्सिजन सिलिण्डर प्रदान गरेको हो।

रुपन्देहीको दक्षिणी क्षेत्रमा मर्चवारमा कोभिड संक्रमित बिरामीको उपचारका लागि निर्माण गरिएको आइसोलेशन सेन्टरलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर प्रदान गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले बताए । अध्यक्ष मिश्राले बुधबार पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ल र लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको उपस्थितिमा लायन्स क्लब अफ लुम्बिनी मर्चवारका संस्थापक अध्यक्ष सन्दिप त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । क्लबले यस अघि भैरहवास्थित भीम अस्पतालमा अक्सिजन सिलिण्डर रिफिलको लागि ३२ हजार ५ सय रुपैयाँ प्रदान गरेको क्लबका वर्ष २०२०/२१ का सचिव राजन शुक्लाले बताए ।

सोही कार्यक्रममा वृज सिमेन्ट प्रा.लि.का महाप्रबन्धक रवि रञ्जन कुमार र बुद्ध रेडिमिक्सका सञ्चालक बलराम उपाध्यायले आइसोलेशन सेन्टर निसंक्रमणका लागि १ लाख ५१ हजार बराबरको डिस्इन्फेक्टेड स्प्रे प्रदान गरेका थिए ।