images

शुक्रवार, बैशाख २१ गते २०८१

गुल्मीका घर्तीको लोभलाग्दो कृषिकर्म : वार्षिक लाखौं आम्दानी

गुल्मीका घर्तीको लोभलाग्दो कृषिकर्म : वार्षिक लाखौं आम्दानी

images
images
images
बुधवार, जेठ २६ २०७८
बुधवार, जेठ २६ २०७८
  • गुल्मीका घर्तीको लोभलाग्दो कृषिकर्म : वार्षिक लाखौं आम्दानी

    गुल्मी, २६ जेठ ।
    लामो समयसम्म जारी गरिएको निषेधाज्ञाका कारण सिंगो अर्थतन्त्र पछाडि धकेलिएको छ । अधिकांश व्यवसाय बन्द छन् । व्यवसायीलाई सटरभाडा, कर कसरी तिर्ने भन्ने चिन्ता छ । कोरोनाका कारण सयौं व्यवसाय विस्थापित हुँदैछन् । खाने मुखलाई जुगाँले छेक्दैन भनेझैं गुल्मी मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीका शोभ बहादुर घर्तीले कृषि व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।  

    images
    images
    images

    २०६२ सालमा वैदेशिक रोजगारको लागि दुवै गएका घर्तीले सोचेजति पैसा कमाउन सकेनन् । कृषि कर्ममा केही गर्ने अठोटका साथ जन्मभूूमि नेपाल फर्किएर काठमाडौंमा कुखुरा पालन सुरु गरे । कुखुरापालनबाट सफल भने भएन् उल्टो ४ लाख घाटा खाए । कृषिमा सम्भावना कम देखेपछि कुखुरा पाल्दाका ऋण तिर्ने मलेसिया गए । वैदेशिक रोजगारीको ठक्करपछि १८ महिनामै नेपाल आए । कृषिप्रतिको मोहले फेरी काठमाडौंमा २ वर्ष टमाटर खेती गरे । टमाटर खेतीबाट राम्रो आम्दानी गरी गाउँकै बाँझो उर्भरभूमि मदाने-३ विधिखोलामा २०७६ सालदेखि मदाने एग्रीकल्चर प्रा.लि. नामक फाम खोली कृषि सुरु गरेको बताउँछन् मदाने एग्रीकल्चर प्रा.लिका संचालक शोभ बहादुर घर्ती । 

    घर्तीले गाउँकै स्थानीयको ३२ रोपनी र आफ्नो १सय १८ रोपनी गरी कुल १ सय ५० रोपनी जग्गा कृषि गरेका छन् ।  १० वर्ष लिजमा लिएको जग्गाको वार्षिक १ लाख २५ हजार भाडा तिर्छन् । ५० लाख लगानीबाट सुरु गरेका फार्म झण्डै करोड पुग्न थालेको छ । बिहानी झलमलसंगै सांझको झिसमिसेसम्म आफ्नै फार्ममा व्यस्त हुने घर्तीको कृषि कर्म लोभ लाग्दो छ । उनले फार्ममा बन्दागोभी, काउली, टमाटर, काक्रो, कुरीलो लगायतका तरकारी तथा फलफुल लटरम्म फलाएका छन् । उनले वार्षिक १ लाख २५ हजार भाडा तिर्छन् । उनले फार्ममा ५ भैसी, २ गाई पाल्दै आएका छन् । दैनिक ४० देखि ५० लिटर दुध विक्री गर्छन् । केहि बाकीँ रहेको पैचो पसल प्रा.लि. खरिद गरिदिन्छ । उनलाई बजारीकरणको कुनै समस्या छैन् । 

    थोपा सिचाँईको माध्यमबाट कृषि कर्म गरे तापनि पर्याप्त पानीको पहुँच नहुदाँ सोचे जति उत्पादन वृद्धि गर्न नसकेको फार्म संचालक घर्ती बताउँछन् । घर्ती भन्छन् ‘सम्बन्धित निकायले विधान बनाउँदा सहकारीलाई प्राथमिकता दिने निजी कम्पनीलाई वेवास्ता गर्दा पछिल्लो समय कृषि कर्म खस्किन थालेको छ ।’ निजी कम्पनीलाई विशेष महत्व दिनसके कृषि प्रदान देशले कृषिमा फड्को मार्न बेरै लाग्ने उनको भनाइ छ । 

    निषेधाज्ञाको समयमा कुरोलो मात्रै झण्डै डेढ क्वीन्टल विक्री गरेका छन् । कुरीलोमा तागत अलि बढी हुने भएकाले कारोनालाई जित्ने तागतिलो तरकारी र सुपको खान बढी विक्री भइरहेको छ ।  उत्पादन भएका कृषि उपजलाई तम्घास, बुटवल, सिमलटारी, पुर्कोट दह हुँदै स्थानीय बजारमा खपत हुँदै आएको छ । उनले बार्षिक ८ लाख आम्दानी गर्दछन् । घर्ती गाउँकै सफल व्यवसायी तथा उदाहरणीय युवाको रुपमा परिचित छन् । फार्म हेर्न र सल्लाह लिन विभिन्न स्थानबाट आएको फार्म संचालक घर्ती बताउँछन् । १ हजार मिटर प्लाष्टिक टनेल रहेको फार्ममा दैनिक १२ जनाले जागिर पाएका छन् । आफूहरु बेरोजगार रहेको र गाउँकै कृषि फार्ममा काम गर्न पाउँदा कामदारहरु औधि खुशी छन् । कृषि, पशुपालन र दुग्धमा आत्मनिर्भरको सपना बोकेको स्थानीय सरकारले कृषकलाई अनुदानका कार्यक्रम दिदैं आएको छ । घर्तीलाई गाउँपालिकाबाट ८ लाख अनुदान दिने निर्णय गरिसकेको छ । कृषि गर्न अउने कृषकलाई प्रोत्साहित गर्न सक्दो सहयोग गर्नेे मदाने गाउँपालिका–३ सिर्सेनीका वडा अध्यक्ष नारायण घर्तीले बताए । 


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij