images

आइतवार, बैशाख २३ गते २०८१

भुकम्प गएको ६ वर्ष वितिसक्दा गुल्मीमा २५ प्रतिशत काम बाँकी

भुकम्प गएको ६ वर्ष वितिसक्दा गुल्मीमा २५ प्रतिशत काम बाँकी

images
images
images
बिहिवार, जेठ २७ २०७८
बिहिवार, जेठ २७ २०७८
  • भुकम्प गएको ६ वर्ष वितिसक्दा गुल्मीमा  २५  प्रतिशत काम बाँकी

    गुल्मी ।

    images
    images
    images

    गत बैशाख १२ गते भुकम्प गएको ६ वर्ष पूरा भयो । भुकम्पका कारण कैयौँले ज्यान गुमाए । कतिपय घर बिहिन भए । गुल्मीमा पनि भुकम्पले ४ हजार ४ सय ३६ घर पुर्ण रुपमा क्षति भए । ५ सय ४३ घर आंशिक रुपमा क्षति भए । तर, ६ वर्ष वितिसक्दा पनि सबैले राहात महशुस गर्न सकेका छैनन् ।

    जिल्लामा अहिलेसम्म मात्र ७५ प्रतिशत घर निर्माण भएका छन् । भने बाँकी २५ प्रतिशतले भुकम्पले दिएको चोटमा मलम लगाउन पाएका छ्रैनन् । आंशिक र पुर्ण रुपमा क्षति भएका मध्ये गुल्मीमा हालसम्म ७० देखि ७५ प्रतिशत मात्र काम सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजन कार्यान्वयन इकाई (अनुदान ब्यबस्थापन तथा स्थानिय पूर्वाधार इकाई) गुल्मीका फोकल इन्जिनियर बिष्णु प्रसाद पाण्डेले बताए ।

    उनका अनुसार रेसुङ्गा नगरपालिकामा २ सय २१, मुसिकोट नगरपालिकामा ७ सय ७६, गुल्मीदरवार गाउँपालिकामा २ सय २८, छत्रकोट गाउँपालिकामा २ सय २६, रुरु गाउँपालिकामा २ सय ९२, मदाने गाउँपालिकामा १ सय ४६, मालिका गाउँपालिकामा ८४, इस्मा गाउँपालिकामा १ सय २६, धुर्कोट गाउँपालिकामा ५ सय ३, सत्यवती गाउँपालिकामा ४ सय ५९, चन्द्रकोट गाउँपालिकामा २ सय ४१ र कालीगण्डकी गाउँपालिकामा १ हजार १ सय ३४ गरी कुल ४ हजार ४ सय ३६ घर पुर्णलाभग्राहीको सुचिमा परेका थिए । भुकम्पले सबै भन्दा बढी क्षति कालीगण्डकी गाउँपालिकामा पुगेको थियो । भने सबै भन्दा कम मालिका गाउँपालिकामा भएको थियो । जिल्लामा ५ सय ४३ घरमा आंशिक क्षति पुगेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij