२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

मर्चवारीमा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी

शुक्रवार , जेठ २८, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २८ जेठ ।
    रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । मर्चवारी गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा मर्चवारी–७ स्थित मंझरियामा बनेको झोलुङ्गे पुलको रिबन काटेर उद्घाटन गरेका हुन् ।

    ५ हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने ७२ लाख भन्दा बढीको लागतमा बनेको उक्त पुल मुख्य कृषि प्रयोजनको लागि निर्माण गरिएको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले बताए । उद्घाटनपछि कार्यक्रममा बोल्दै अध्यक्षले भारतको सीमासंग सटेको नेपाली भुभाग डण्डा खोलाले गर्दा २० विगाह भन्दा बढी जग्गा वर्षौदेखि बांझो रहेको बताए । पुल निर्माणपछि उक्त जग्गामा खेतीपाती गर्नलाई सहज हुने उनको भनाइ छ । उक्त पुलबाट मुख्य कृषि उपकरण, जनशक्ति तथा अन्य कृषि सामग्री सहजै ओसारपसार गर्न सकिने उनको भनाइ छ ।

    Pul.jpg

    अध्यक्ष बनियाले पुल निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । नेपाल भारतबीच रोटी बेटीको सम्बन्ध रहेकोले यो पुलबाट भारत आउने जाने सबैलाई सहयोग पुग्ने विश्वास बताए ।

    बनियाले भने ‘यो पुलको उद्घाटन लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयद्वारा उद्घाटन कार्यक्रम रहेको थियो, तर कारणवश उहाँको उपस्थिति हुन नसकेकोले मैले उद्घाटन गरको छु, अवस्था सहज भएपछि भव्य कार्यक्रमको आयोजना गरी मन्त्रीबाट उद्घाटन गराउनेछौं’ ।

    पुल निर्माणपछि स्थानीय हर्षित भएका छन् । खोलापारी जग्गा रहेको स्थानीय मोहम्मद सिद्दिख फकिरले अब पारीको जग्गामा पनि धानबाली उत्पादन गर्न सजिलो हुने बताए । फकिरले भने ‘हामी किसानहरुको पीडा बुझेर पुल निर्माण गरेको स्थानीय र र प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु । ’अब उक्त जग्गा उर्वरभूमिमा परिणत हुने मर्चवारी–७ का वडाध्यक्ष मातिवार कोहारले बताए । कोहारले भने ‘हामीले चुनावी वाचा पुरा गरिरहेका छौं, विस्तारै विस्तारै बाँकी वाचाहरु पुरा गर्नेछौं’ ।