२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

अर्घाखाँची अस्पतालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

सोमवार , भाद्र ८, २०७७

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • अर्घाखाँची, ८ भदौ ।
    अर्घाखाँची अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आकस्मिक र प्रसुुति सेवाबाहेक सम्पूर्ण सेवा बन्द भएका छन् । 

    आइतबार दुईजना स्वास्थ्यकर्मीसहित जिल्लामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सक र अन्य सरोकारवालाहरुसंगको बैठक अनुसार सेवाग्राहीहरुको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गदै स्वाव संकलन गरी पठाए पश्चात रिपोर्ट नआउँदा सम्मको लागि अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

    अर्घाखाँचीमा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालयका अर्घाखाँचीका २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएसंगै कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टी भएको हो । 

    त्यस्तै सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ५ जना र मालारानी गाउँपालिकामा २ जना गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।
    अर्घाखाँचीमा हाल सक्रिय संक्रमितको संख्या १७ पुगेको छ । आइतबार १३ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७ पुगेको हो ।

    जिल्लाभर ३ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय २४ जना कोरोना जितेर घर फर्किएका छन् । तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भएको  सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । हाल जिल्लामा ९३ जना क्वारेन्टाइनमा बसेका छन् ।