२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

किशोरी संवाद केन्द्रहरुद्वारा  मुठ्ठी दान कार्यक्रम सम्पन्न 

शुक्रवार , जेठ २८, २०७८

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • नवलपरासी ,२८ जेष्ठ 

    पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा संवाद केन्द्रहरुद्वारा मुठ्ठी दान कार्यक्रम सम्पन्न भएको छ ।

    पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ र २ मा एबिसि नेपाल द्वारा सञ्चालित विशाल किशोरी संवाद केन्द्र र आदिशक्ति किशोरी संवाद केन्द्रद्वारा मुठ्ठी दान कार्यक्रम सम्पन्न भएको हो ।  

    नयाँ भेरियन्ट सहितको कोरोना भाईरस समुदायमा तिब्ररुपले फैलिदै जादा सरकारले रोकथामको लागि गरेको निषेधाज्ञाका कारण  ज्यालादारी गरेर छाक टार्दै आएका गरिब तथा विपन्न घरपरिवारहरुलाई एक छाक टार्न समस्या भएपछि सहयोग गर्नका लागि विशाल किशोरी संवाद केन्द्रद्वारा मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि सहयोग गरिएको सवादकि एनिमेटर प्रतिभा गुप्ताले बताउनुभएको हो ।

    साथै महामारीको कारण विभिन्न कलकारखाना तथा रोजगारिका स्रोतहरु बन्द भएपछि गरिबी रेखामुनि बसोबास गरेका गरिब तथा विपन्न परिवारहरुलाई भोखो पेट बस्ने नपरोस भनेर संवाद केन्द्रद्वारा मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि सहयोग गर्ने आदिशक्ति किशोरी संवाद केन्द्रकी एनिमेटर मिना कुमारी केवटले बताउनुभयो । 

    कार्यक्रम एबिसि नेपालका सुपरभाइजर राजमन बरई , भोलेन्टियर बन्दना चौधरी , स्थानीय बासि र  संवाद केन्द्रका किशोरीहरुको साथ सहयोगमा सम्पन्न भएको हो ।