images

आइतवार, बैशाख २३ गते २०८१

मदानेमा भुकम्पको प्रभावपछि नमूना बस्ती

मदानेमा भुकम्पको प्रभावपछि नमूना बस्ती

images
images
images
शुक्रवार, जेठ २८ २०७८
शुक्रवार, जेठ २८ २०७८
  • मदानेमा भुकम्पको प्रभावपछि नमूना बस्ती

    गुल्मी, २८ जेठ ।
    गुल्मीमा भुकम्पको प्रभावपछि नमूना बस्ती निर्माण भएका छन् । जिल्लाको मदाने गाउँपालिका सिर्सेनीमा प्रभावित घर व्यवस्थित गर्न एकीकृत नमूना बस्ती निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यो आर्थिक वर्षमा सक्ने एकीकृत नमुना वस्ती निर्माणको काम ८० प्रतिशत सकिएको छ । 

    images
    images
    images

    गाउँपालिकाको ३ नम्बर वडाको खन्याखर्क १९ घर र काफलपाटामा ११ घर गरी कुल ३० घर निर्माण हुन् लागेका छन् । एकीकृत बस्ती निर्माणको लागि पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गुल्मीबाट प्रतिघर जग्गा खरिदमा २ लाख, प्रतिघर निर्माणमा ३ लाख बिनियोजन भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई गुल्मीले जनाएको छ ।  

    घर वरिपरी भौतिक पुर्वाधार निर्माणमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) पाल्पाले प्रतिघर ४ लाखका दरले बजेट बिनियोजन गरेको थियो । बर्खामा पानी र पहिरोको समस्या झेल्दै आएका नागरिकलाई घर निर्माण गरी सरकारले मलम लगाइदिएको छ  । नमुना बस्तीको व्यवस्था गरी घर, घडेरीसंगै बस्ने आवास र खाने ठाउँ सुरक्षित भएको स्थानीय टंकी बिक बताउँछिन् । 

    सालझण्डी ढोरपाटन सडक बिस्तार गर्दा मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनी पोखरा काफलपाटामा विस्थापित भएका १७ घरपरिवारलाई १ करोडको लागतमा गाउँपालिकाले घर निर्माण गरिदिएको छ । विस्थापित परिवारलाई घर छिट्टै हस्तान्तरण गर्ने तयारीमा मदाने गाउँपालिका छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्याबस्थापन तथा स्थानीय पूर्वाधार इकाई गुल्मीका अनुसार हालसम्म मदाने गाउँपालिकामा घर निर्माणको काम ८० प्रतिशत सकिएको छ । यो आर्थिक वर्षमा काम सक्ने गरी स्थानीय तहसंग सहकार्य गरिरहेको कार्यालय बताउँछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij