२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

कांग्रेस नेता डा. मुक्ति श्रेष्ठद्वारा विभिन्न पालिकालाई स्वास्थ्य सामग्री प्रदान

शुक्रवार , जेठ २८, २०७८

अर्घाखाँची, २८ जेठ ।
अर्घाखाँचीका सहयोगी संजाल र कांग्रेस नेता डा. मुक्ति श्रेष्ठले जिल्लाका ६ वटा स्थानीय तहलाई करिब ३० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गर्न सुरु गरेका छन् । 
जसमध्ये जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकालाई २ वटाका दरले  १२ थान अक्सिजन कन्सनटेटर, प्रत्येक पालिकामा  १० लिटरका दरले ६० लिटर सेनिटाइजर, १ हजार थान सर्जिकल माक्स लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने कांग्रेस नेता डा. श्रेष्ठले जानकारी दिए ।

जसअन्तर्गत पहिलो चरणमा सन्धिखर्क नगरपालिकामा रहेको अर्घाखाँची अस्पतालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, कांग्रेसका जिल्ला पार्टी सभापति विष्णु प्रसाद खनाल (मुस्कान )लगायतको सहभागिता रहेको थियो ।

बाँकी स्वास्थ्य सामग्री सामाजिक अभियन्ता सचिन पाण्डे र विष्णु सुवेदीको टिमले अन्य पालिकामा पुर्याउन सुरु गरेको छ ।