२०८२, भाद्र ८ गते

Aug 24 2025 | २०८२, भाद्र ८ गते

भारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम संक्रमित

शनिवार , जेठ २९, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • नयाँ दिल्ली, २९ जेठ ।

    भारतमा कोरोना भाइरसबाट ७० दिनपछि एकैदिनमा सवैभन्दा कम संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ संक्रमित थपिएका हुन् ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले संक्रमितहरुको सङ्ख्या घट्दै गएकाले अवस्था सकारात्मक हुदै गएको भन्दै खुशी व्यक्त गरेको छ । नयाँ संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९३ लाख ५९ हजार १५५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

    कुल संक्रमितमध्ये १० लाख ८० हजार ६९० जना अझै पनि संक्रमित अवस्थामै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्लो एक दिनमा ४० हजार ९८१ जना कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

    योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएकाहरुको कुल सङ्ख्या तीन लाख ६७ हजार ८१ पुगेको छ । भारतमा अहिलेसम्म संक्रमण मुक्त भएकाहरुको कुल संख्या दुई करोड ७९ लाख ११ हजार ३८४ पुगेको अधिकारीहरुले जनाएका छन् । यसरी हेर्दा कुल संक्रमितमध्ये ९५.०७ प्रतिशत सङ्क्रमण मुक्त भएको देखिएको छ । रासस