२०८२, भाद्र ८ गते

Aug 24 2025 | २०८२, भाद्र ८ गते

ट्यांकर चालकलाई खोपको व्यवस्था गर्न माग

आइतवार , जेठ ३०, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौं, ३० जेठ ।
    कोरोन संक्रमणविरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सरकारसंग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने संघले जनाएको छ । संघले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।
    संघले दोस्रो लहरको संक्रमणका कारण ट्यांकर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थकोे ढुवानी नगर्ने बताएका हुन् ।

    संघका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गरेका छन् ।

    संघले दोस्रो लहरको कोरोना भाइरस संक्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै सङ्घले निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो । तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदा समेत बेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो । यसअघि, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई  खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो ।

    संघले अत्यावश्यक सेवालाई पुनः सञ्चालन गर्न अग्रपंक्तिा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीले खोप नपाएको जनाउँदै उपलब्ध गराउन आग्रह गरेको हो । रासस