२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

महामारीमा पनि रक्तदान जारी

नेपाल स्वयंसेवी रक्तदाता समाजको अभियानः एकैदिन १३५ युनिट रगत संकलन

आइतवार , जेठ ३०, २०७८

बुटवल, ३० जेठ।

बिरामीहरुको उपचारका लागि अत्यावश्यक बस्तु मानिने रगत संकलन कार्यलाई गाँउ गाँउसम्म बिस्तार गरि रक्तदाताहरुलाई पनि थप उत्साहित गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्कमा रक्तदान कार्यक्रमको आयोजना गरियो। 

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजना र अर्घाखाँची नेपाल बिद्यार्थी संघको सहकार्यमा आयोजना गरिएको उक्त बृहत् रक्तदान कार्यक्रममा १२ जना महिलासहित ७० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन्। 

ति मध्ये ९० प्रतिशतभन्दा धेरै रक्तदाताहरुले पहिलो  पटक रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताए। रक्तदान कार्यक्रमलाई शहर केन्द्रित मात्र नभएर गाउगाउँमा पनि विस्तार गर्ने उद्देश्यसहित अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरिएको अध्यक्ष चौहानले जानकारी गराएका छन्। 

यसैगरि सोही दिन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाले बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको अध्यक्ष चौहानले बताए। चौहानका अनुसार उक्त दिन अर्घाखाँची र रुपन्देहीमा कुल १ सय ३५ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन।

महामारीमा पनि रक्तदान अभियान जारी छ। प्रत्येक महिनाको अन्तिम शनिवार रक्तदान कार्यक्रम गर्ने तालिका अनुसार बुटवल ब्लड बैंकमा ९९ औं मासिक नियमित रक्तदान कार्यक्रममा ६५ युनिट रगत जम्मा भएको हो। 

कार्यक्रममा अध्यक्ष चौहानसहित उपाध्यक्ष भीष्म के. सी. सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल, नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति भरतमणि भट्टराई, बुटवलको कार्यक्रममा संयोजक हरि ज्ञवाली, हरि सापकोटा, चन्द्रबहादुर झेडी लगाएतले रक्तदानको आवश्यक्ता र यसको महत्वबारे प्रकाश पारेका थिए।