२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

पूर्वमन्त्री वकिल मुसलमानले उपलब्ध गराए स्वास्थ्य सामाग्री

मंगलवार , भाद्र ९, २०७७

  • 7.1K
    Shares
  • 7.1K
    Shares
  • भैरहवा, ९ भदौ । 
    पूर्व वनमन्त्री मोहम्मद वकिल मुसलमानले रुपन्देहीका दुई स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

    जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य समेत रहेका मुसलमानले गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकालाई मंगलबार स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

    उनले गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) ११ थान, थर्मल गन ३ थान, मास्क ५ सय पिस र पञ्जा (ग्लोब्स) ५ सय पिस हस्तान्तरण गरे ।

    त्यस्तै पूर्वमन्त्री मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाका राजेन्द्र प्रसाद कुर्मीलाई पीपीई १० थान र मास्क ३ सय पिस हस्तान्तरण गरेको जसपा नेपाल रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लाम खानले जानकारी दिए ।