
आइतवार , जेठ ३०, २०७८
भैरहवा, ३० जेठ ।
विश्व हिन्दू परिषद नेपाल सेवा विभाग एकल अभियानले भैरहवामा निःशुल्क आयुर्वेदिक हर्बल काढा वितरण सुरु गरेको छ । कोराना महामारी (कोभिड १९ को) संक्रमणको समयमा रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति (इम्यूनिटी पावर) बढाउनका लागि हर्बल काढा वितरण गरिएको परिषदले जनाएको छ ।
सौठ,काली मिर्च, पीपल, तुलसी, जायफल, अस्वगन्धा, गिलोय,ल्वाङ, दालचिनी, जावित्री, इलायची, मुलेठी, तेजपत्ता मिश्रित जडीबुटीबाट बनेको काढा वितरण गरिएको परिषदका लुम्बिनी प्रदेश संगठन मन्त्री युगलकिशोर तिवारीले बताए ।
आइतबारदेखि सुरु भएको हर्बल काढा वितरण कार्यक्रम एक हप्तासम्म जारी रहने परिषदका लुम्बिनी प्रदेश संरक्षक दिपक अग्रवालले बताए ।
परिषदका रुपन्देही अध्यक्ष शेष नारायण शुक्लको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका प्रदेश सचिव दिपक प्रसाद लोध, उमाकान्त झा, चन्द्रभान तिवारी, विजय पाण्डे, लिलामणी पाण्डे, मनोज क्षेत्री लगायतको उपस्थिथित रहेको थियो ।
परिषदले पहिलो दिन ५० जनालाई सिद्धार्थनगरस्थित मैत्रीपथको पशुपति लजमा काढा वितरण गरिरहेको छ । यो अभियान रुपन्देही जिल्लासहित नवलपरासी, कपिलवस्तु, पाल्पा लगायतका जिल्लामा पनि सञ्चालन गरिने तिवारीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij