
आइतवार , जेठ ३०, २०७८
नवलपरासी ,३० जेष्ठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एविसि नेपालद्वारा सञ्चालित सवांद केन्द्रहरुले सञ्चालन गरेका मुठ्ठी दान कार्यक्रमबाट सकंलित खाद्यान्नलाई गरिब तथा अति विपन्न परिवारहरुलाई हन्तान्तरण गरेका छन्।
कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टले आतंक मच्चाइरहदा सरावल गाउँपालिकामा बसोबास गर्ने गरिब तथा अति विपन्न घरपरिवारहरुलाई परेको प्रभावको मध्य नजर गर्दै सरावल गाउँपालिकाका १५ वटा सवांद केन्द्रहरुले पालिका भित्र मुठि दान कार्यक्रम सञ्चालन गरेका थिए ।
संवाद केन्द्रका किशोर किशोरी तथा एनिमेटरहरुले मुठ्ठीदान कार्यक्रमबाट संकलित खाद्यान्नलाई आइतबार एक कार्यक्रमका बीच सरावल गाउँपालिकका गरिब तथा विपन्न १० घरपरिवारहरुलाई वितरण गरेका हुन्।
सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी तथा गाउँपालिकाकी उपाध्यक्ष उत्तमा राय र सवांद केन्द्रका किशोर किशोरीहरुको उपस्थितीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले एबिसि नेपाल र सवांद केन्द्रका किशोर किशोरीहरुले महामारीको अवस्थामा थालेको अभियानले सरावल गाउँपालिका भित्रका गरिब तथा अति विपन्न परिवारलाई थोरै भएपनि राहत महसुस भएको बताउँदै आगामी दिनमा पनि यहाँहरुबाट सरावल गाउँपालिकाले साथ र सहयोगको अपेक्षा गरेको र यहाँहरुले गर्ने हरेक समाजिक कार्यमा सदैव अगाडी रहने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा संवाद केन्द्रका अभियन्ताहरुले कोरोनाको दोस्रो चरणको नयाँ भेरियन्टले गर्दा मानिसको जनजिवनलाई असर परेको र यस विषम परिस्थितिमा दैनिक ज्यालादारि गरि जिवनयापन गर्नमा कठिनाई भएको अवस्थालाई मध्य नजर गर्दै यस संवाद केन्द्रका किशोर किशोरीहरुले आफ्नो ज्यानलाई जोखीममा पार्दै स्वस्थ्य सतर्कता अपनाई सञ्चालन गरेको मुठ्ठी दान कार्यक्रमबाट संकलित खाद्यान्न समाग्रिहरु पालिका भित्रका गरिव तथा विपन्न घरपरिवारलाई लक्षित गरि एक छाक टार्न सहयोग पुगोस भनि गरेको सहयोग सरहानिय भएको बताएका छन् ।
संवाद केन्द्रले संकलन गरेको खाद्यान्नबाट प्रती घर परिवारलाई ७ किलो चामल, २ किलो आलु, ११ किलो गहुँ, १ किलो नुन, १ किलो भुजा लगायतका सामाग्री राहत स्वरुप सहयोग गरिएको एविसि नेपाली सुपरभाइजर साइदा निशा पठानले जानकारी दिएकी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij