
मंगलवार , भाद्र ९, २०७७
नवलपरासी ०९ भदौ । सन २०१९ डिसेम्बरको अन्त्यतिर चिनको वुहान प्रान्तबाट देखा परेको कोरोना भाइरस (कोभिड १९) संक्रमण चार महिनाको अबधिमा नै महामारीको रुपमा विश्वका २ सय भन्दा बढी राष्ट्रहरुमा फैलियो । छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोभिड १९ बाट नेपालपनि अछुतो रहन सकेन । १० माघ २०७६ मा नेपालमा पहिलो संक्रमण फेला परेको कोरोना बिस्तारै भुसको आगो सल्किए जस्तै सल्कियो ।
शुरुशुरुमा सामान्य रुपमा रुपमा देखा परेको कोरोना भाईरसको संक्रमण साउन मध्यबाट निकै बढेको छ । नेपालमा कोरोना संक्रमितको सङख्या बढ्दै गएको र जोखिम पनि बढेको भन्दै त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले पहिलो पटक चैत्र ११ गते बाट देशभर लकडाउन ग¥यो । लकडाउन अबधिमा उद्योग धन्दा, पेशा, व्यवसाय सबै ठप्प भए, जसको प्रत्यक्ष असर दैनिक ज्याला मजदुरी गरी जीवन धान्ने श्रमिक र अति विपन्न वर्गहरुलाई पर्न गयो ।
कोरोनाको महामारी देशैभरी फैलिएपछि सरकारले देशैभरका पालिकाहरुलाई विपन्न वर्गकालागि एकद्वार प्रणालीबाट राहत वितरणमा लाग्न निर्देशन ग¥यो । सोहि अनुरुप पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले पनि आफ्ना नगरभित्रका अति विपन्न वर्गलाई राहत वितरण सुरु ग¥यो । सो राहत वितरणमा वडा न १२ को वडाध्यक्ष यमलाल पाण्डे पनि सक्रिय भएर लागे । उनि राहत वितरण कार्यलाई पारदर्शी बनाउन विभिन्न टोलबाट सिफारिस भएर आएकाहरुको चुलो सम्म पुगेर अनुगमन गर्थे र सांच्चिकै समस्या परेकालाई मात्रै राहत वितरणमा सहभागी बनाउथे ।
यता कोरोनाको प्रभावले छिमेकी देश र अन्य तेस्रो मुलुकमा जाने थुप्रै नेपालीहरुको रोजगार गुम्यो । रोजगार गुमेसङ्गै उनिहरु देश फर्कने क्रम सुरु भयो । छिमेकी मुलुक भारतबाट सबैभन्दा ठुलो सङख्यामा नेपालीहरु देश फर्के । सरकारले पनि रोजगार गुमेर स्वदेश फर्केका हरुका लागि स्थानिय सरकारले क्वारेन्टिनमा अनिवार्य राख्ने निति अवलम्बन ग¥यो । सोहि नीति अनुरुप सुनवल नगरपालिकाले पनि सुरुमा भारत लगाएत तेस्रो मुलुकबाट आउने नेपालीहरुको लागि महाकवि देवकोटा क्याम्पसमा क्वारेन्टिनको व्यवस्थापन मिलायो ।
बाहिरी मुलुकबाट आउनेको सङख्या बढ्न थालेपछि नगरपालिकाले सबै वडामा सामुदायिक स्तरिय क्वारेन्टिन निर्माण गरी त्यसको व्यवस्थापन र अनुगमनको जिम्मा सम्वन्धित वडाका वडाध्यक्षहरुलाई जिम्मा दिएको थियो । सामुदायिक स्तरीय क्वारेन्टिनमा बाहिरी मुलुकबाट आउनेहरुका लागि होल्डीङ सेन्टरको रुपमा राखि उनीहरुको कोरोना परिक्षण गर्ने र सक्रमण देखिएकाहरुलाई राख्नको लागि नगरपालिकाले जेठ १८ मा जिल्लामै पहिलो पटक वडा न १ मा रहेको बाल सिकाई केन्द्रको भवनमा २५ सैयाको आइसुलेसन सेन्टर निर्माण गरेको थियो ।
वडा नम्बर १२ का वडाध्यक्ष नगरपालिकाको निर्देशन अनुरुप बाहिरी मुलुकबाट आउनेहरुलाई जगन्नाथ माबिमा बनाइएको क्वारेन्टिनमा व्यवस्थापन गर्न दिनरात खटिएका थिए । होम क्वारेन्टिन बस्न संम्भव भएकाहरुको घरमै गएर अनुगमन गरी त्यहि बस्ने व्यवस्थापन मिलाउथे भने संम्भव नभएकाहरुलाई सामुदायिक क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन उनि सक्रिय थिए । जेठ १७ गतेबाट सुरु गरिएको सामुदायिक क्वारेन्टिनमा पछिलो समयसम्म ५२ जना र होम क्वारेन्टिनमा ४० जनाको वडाध्यक्ष पाण्डेले व्यवस्थापन गरे । क्वारेन्टिनमा रहेकालाई परिक्षणका लागि लाने काममा समेत उनि सक्रिय भए । उनको सकृयता सबैकालागि प्रंशसायोग्य थियो । यसरी क्वारेन्टिन व्यवस्थापनमा खटिदाखटिदै साउनको अन्तिम सातादेखि उनलाई ज्वरो, रुघाखोकी र घांटी दुख्ने समस्या देखिन लाग्यो ।
कोरोनासङ्ग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले बाहिर हिंडडुल गर्न तथा वडाकार्यालय समेत जान बन्द गरी साउन २९ गतेबाट होम क्वारेन्टिन बसेको उल्लेख गरे । साउन ३२ गते नगरपालिकाले समुदाय स्तरमा गरेको कोरोना परिक्षणमा आफुले पनि आफ्नो स्वाव परिक्षणका लागि पठाएको बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षणका लागि पठाइएको उनको रिपोर्ट भदौ ८ मा पोजेटिभ आयो । क्वारेनटिन ब्यवस्थापनमा खंटिदा आफैं कोभिड संक्रमित हुन पुगेको बडा अध्यक्ष यामलाल पाण्डेले उल्लेख गरे । पिसिआर रिपोर्ट पोजेटिभ आउने बित्तिकै उनले आफ्नो फेसबुक पेजमा आफु कोरोना सक्रमित भएको जानकारी गराउदै यस्तो लेखे –“आदरणीय सुनवल नगरवासी, सुनवल वडा नम्बर १२ वडाबासी, सुभचिन्तक एबम आफन्तजनहरु बिस्वब्यापी फैलिएको कोरना भाइरसको ब्यबस्थापनमा अहोरात्र सुनवल नगरपालिकाको निर्देसनमा खटिदै गर्दा आज मात्र प्राप्त रिपोर्टमा मलाइ पनि कोरोना सक्रमण पुष्टि भएको छ । बिगत श्रावण २८ गते देखि स्वास्थ्यमा समस्या देखिएकोले मैले ब्यक्तिगत भेटघाट, वडा कार्यालय र ब्यबसायमा सम्लग्न नभई आफ्नै घरमा सुरक्षित तवरले क्वारेटिनमा बसिरहेको हुनाले सो समय भन्दा पहिले मसङ्ग सम्पर्कमा रहनु हुने साथीभाइ आफन्तजनहरुलाइ सुरक्षित रुपमा क्वारेइन्टिनमा बसि पिसिआर परिक्षण गराउनु हुन अनुरोध गर्दछु । साथै मेरो बारेमा चिन्ता राख्नु हुने सबै प्रती आभार प्रकट गर्दछु र मलाइ अहिले कुनै स्वास्थ्य समस्या नभएको कारण सुनवल नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा जादैछु । अत निकट भविस्यमा नै यो कोरोनालाई जितेर नगरवासिको सेवामा खटिने छु र सबैले धैर्यता राख्दै स्वास्थ सावधानी अपनाइ बस्नु हुन अनुरोध गर्दछु ।”
क्वारेन्टिन व्यवस्थापनमा लाग्दालाग्दै आफुमा कोरोना संक्रमित भएको थाहा पाए लगत्तै उनि नगरपालिकाले बनाएको आइसुलेसन सेन्टरमा जान तयार भए । अहिले उनि नगरपालिकाले वडा न १ मा बनाएको आइसुलेसन सेन्टरमा छन्। उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij