images

शनिवार, बैशाख १५ गते २०८१

मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढेको छ : मुख्यमन्त्री पोखरेल

मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढेको छ : मुख्यमन्त्री पोखरेल

images
images
images
मंगलवार, आषाढ १ २०७८
मंगलवार, आषाढ १ २०७८
  • मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढेको छ : मुख्यमन्त्री पोखरेल

    भैरहवा, १ असार । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुलुक यतिखेर संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढेको बताएका छन् । उनले तीन तहका सरकारले संवैधानिक व्यवस्था अनुसार तहगत सरकारको अभ्यास गरी संविधानको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेको बताए ।

    images

    भूमे पर्वको अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले भूमे पर्व रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने लुम्बिनी प्रदेशको विशेष सांस्कृतिक पर्व भएको बताए । उनले विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेका बताए ।
    ‘भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा सघाउ पुगेको छ । खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको छ । भूमे पर्व प्रकृतिसंग सम्बन्धित छ । यसले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको छ । प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो, पानी, जीवजन्तु र रुखविरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न सम्भव छ, प्रकृतिप्रति माया र संरक्षण गर्दा भावी पुस्ताका लागि अमुल्य उपहार हुन्छन्, उनले भने ।’

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको उनले बताए । 

    प्रदेश सरकारले भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज असार १ गते रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको मुख्यमन्त्री पोखरेलले बताए । 

    ‘लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्दती बनाउन खोजिएको छ । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्नेछ । संविधान कार्यान्वयन गर्दै सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढेको छ । विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि हामी प्रतिबद्ध रहँदै अघि बढेका छौं, ’शुभकामना सन्देशमा भनिएको छ । 

    समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमार्फत समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य लिएको उनको भनाइ छ ।

    नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकार क्रियाशिल रहेको मुख्यमन्त्री पोखरेलले बताए । सरकारको यो अभियानमा नागरिकको सार्थक सहयोग आवश्यक रहेको नागरिकको सहयोगले नै कोभिड–१९ विरुद्ध सरकारले चालेका कदम प्रभावकारी बन्न सम्भव भएको उनको भनाइ छ ।
    ‘संक्रमित र उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गरौं । सबैको सार्थक सहयोगबाट नै महामारीलाई जित्न सकिन्छ, ’उनले भने ।






    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij