२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

लायन्स सिद्धार्थनगर प्रोफेशनलद्वारा स्वास्थ्य सामाग्री वितरण

मंगलवार , भाद्र ९, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • नवलपरासी, ९ भदौ ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेशनलले चार्टर–डे को अवसर पारेर मंलबार मास्क, सेनिटाइजर र झुल लगायतका स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    क्लबले भैरहवास्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई ५ सय थान मास्क र १० लिटर सेनिटाइजर हस्तान्तरण गरेको हो । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीलाई लक्षित गर्दै महामारीको रोकथाममा अग्रपंक्तिमा रहेर कार्य गरिरहेको मुल्याकंन गदै क्लबले जिल्ला प्रहरी कार्यालयलाई कोरोना भाईरसबाट बच्न र बचाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सो सामाग्री वितरण गरेको क्लबका अध्यक्ष विष्णु प्रसाद गौतमले बताए । 

    कार्यक्रममा क्लबका सल्लाहकार रामराज शर्मा, भपूर्व अध्यक्ष प्रेमसागर अग्रहरी, निवर्तमान अध्यक्ष जीवन घिमिरे र सचिव . मुन्ना अग्रहरीको उपस्थिति रहेको थियो । 

    त्यसै गरी क्लबले मानवीय सेवाको लागि यस वर्षको विशेष कार्यक्रमको रुपमा स्थापना गरेको हयुम्यानिटी, हंगर एण्ड डिजाष्टर रिलिफ फण्डको कार्यान्वयन गर्दै पहिलो कार्यक्रमको रुपमा तिलोत्तमा नगरपालिका वडा नम्बर १७, कानपाराका ३५ घरपरिवारलाई झूल वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ । 

    साथै, चार्टर डे कै कार्यक्रम अन्तर्गत उपचारको क्रममा रकम अभाव भई छट्पटाइरहेको भन्ने शिर्षकमा प्रकाशित समाचारको पढेपछि भैरहवास्थित लायन्स क्लबहरुले स्थापना गरेको संयुक्त कोषमा समेत रु.१ ० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेको समेत क्लबका द्वितीय उपाध्यक्ष रिचा के.सी.ले जानकारी दिइन् ।