images

आइतवार, बैशाख १६ गते २०८१

दाङमा केही खुकुलो बनाएर असार ८ गतेसम्म लकडाउन थपियो

दाङमा केही खुकुलो बनाएर असार ८ गतेसम्म लकडाउन थपियो

images
images
images
मंगलवार, आषाढ १ २०७८
मंगलवार, आषाढ १ २०७८
  • दाङमा केही खुकुलो बनाएर असार ८ गतेसम्म लकडाउन थपियो

    घोराही, १ असार ।  
    दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार ८ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बैठकको निर्णय अनुसार अनुसार अब होटल पनि चल्ने भएका छन् । होटलले प्याकिङ खानेकुरा तयार गरेर प्याकिङ गर्न पाउने भएका छन् । त्यस्तै सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन् । 

    images

    बिहान १० बजेदेखि दिउसो २ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका सदस्य दोर्ण ओलीले बताए । उनका अनुसार बजार बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ने, बैंक तथा वित्तीय संस्थाहरु विहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने निर्णयलाई यथावत राखिएको छ । यस अघि असार १ गतेसम्म लकडाउनको मिति तोकिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij