२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

मनकारी सूचना प्रविधि अधिकृत

जन्म दिनको खर्च जोगाएर गाउँपालीकालाई भिटिएम प्रदान

मंगलवार , भाद्र ९, २०७७

गुल्मी ९ भदौ। गुल्मीका एक सूचना प्रविधि अधिकृतले उदाहरणीय कार्य गरेका छन् । जिल्लाको इस्मा गाउँपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापाले जन्म दिनको खर्च कटाएर गाउँपालिकालाई २० थान कोभिड १९ परिक्षण भिटिएम प्रदान गरी उदाहरणिय कार्य गरेका छन् । 

पछिल्लो समय जन्मदिन मनाउने प्रचलन भड्किलो बन्दै गइरहेको परिस्थितिमा सूचना अधिकृत थापाले नेपाली समाजमा गतिलो उदाहरण छाडेका छन् । विश्व जगत नै कोभिड १९ का कारण अस्तव्यस्त बनेको अबस्थामा आफुले गाउँपालिकालाई थोरै भए पनि सहयोग पुग्ने भन्दै भिटिएम सहयोग गरेको बताए । 

बिहिवार गाउँपालिका अध्यक्ष लक्ष्मण विस्ट, उपाध्यक्ष बिमला खत्री, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महत सहितको टोलिलाई उनले २० थान भिटिएम हस्तान्तरण गरेका हुन् । यता गाउँपलिकाले पनि थापाको कार्यलाई उदाहणीय भन्दै चर्चा गरेको छ । गाउँपालिका अध्यक्ष विस्टले खबर पात्रोलाई भने –“कोरोना भाइरसका कारण आक्रन्त बनेको गाउँपालिकालाई कर्मचारीले गरेको सहयोग निकै उदाहरणीय र अतुलनीय छ । म उहाँको प्रगतिको कामना गद्र्छु ।”

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले सुचना अधिकृतको कार्यको सर्हाना गर्दै जन्म दिनको शुभकामना व्यक्त गरेकी छन । उनले भनिन–“पछिल्लो समय जन्मदिन मनाउने वाहनमा हाम्रो समाज भड्किलो खर्च बढ्दै गइरहेको छ । जन्म दिनको खर्च जोगाएर उदाहरणीय खर्च जोगाए उहाँले उदाहरणी कार्य गर्नु भएको छ ।” उहाँको यो उदाहरणीय कार्य हामी सबैले सिक्न जरुरी छ । थापा विगत तीन वर्ष देखि इस्मा गाउँपालिकामा सूचना प्रविधि अधिकृतको रूपमा कार्यरत छन् ।