२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

बाँकेमा कोरोनाबाट ३७ वर्षीय युवाको मृत्यु

बुधवार , भाद्र १०, २०७७

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • बाँके, १० भदौ ।
    बाँकेमा कोरोना भाइरसको संक्रमणबाट गए राति एक ३७ वर्षीय युवाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकाका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा हिजो संक्रमण देखिएको थियो ।

    उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै गए राति १ः३० बजे मृत्यु भएको फोकलपर्सन श्रेष्ठले बताए ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नेपाली सेनासंगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।