२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

युवा सचेतना संस्था नवलपरासीद्बारा राहत वितरण

बुधवार , आषाढ २, २०७८

पश्चिम नवलपरासी, २ असार

पश्चिम नवलपरासीमा युवा सचेतना संस्था नवलपरासीद्बारा घरघरमा पुगेर राहत सामाग्री बितरण गरिएको छ । रामग्राम नगरपालिका वडा नम्बर २ मा युवा सचेतक संस्थाले राहत वितरण गरेको हाे । रामग्राम २ का वडा अध्यक्ष चन्द्रिका अग्रहरी र युवा सचेतना संस्था नवलपरासीका अध्यक्ष ईमामुल अलीकाे उपस्थितिमा रामग्राम २ का विस्थापित घरहरुमा पुगेर राहत सामाग्री वितरण गरिएको छ ।

काेराेना महामारीको कारण पछिल्लो समयदेखि ज्यालादारी गरेर एक छाक टार्दै आईरहेका ती गरिब तथा विपन्न घरपरिवारहरुलाई लकडाउनका कारण एक छाक टार्न कठिन भएको र तिनदिनकाे अबिरल वर्ष पछि आएकाे बाडिले घर विस्थापित भएको विषम अवस्थामा युवा सचेतना संस्था नवलपरासीले विस्थापित घरघरमा पुगेर राहत बितरण गरेको छ ।

अविरल वर्षले गर्दा नवलपरासी जिल्ला विभिन्न स्थानहरु बाडिले जलमग्न भएको छ । बाडिले घरसमेत बिस्थापित भएको विषम अवस्थामा खान र बस्नलाई कठिन भएको छ । याे अवस्थामा आम जनसमुदायलाई सहयोग गर्ने उदेश्यले युवा सचेतना संस्था नवलपरासीले रामग्राम नगरपालिका वडा नम्बर २ मा राहत सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष अलीले बताए । उनले काेराेना सँग सँगै अबिरल वर्षाले देशको विभिन्न स्थानमा घर सहित धनजनको क्षतिगरेकाे अवस्थामा बाडिबाट प्रभावित घरपरिवारहरुलाई राहत सामाग्री वितरण गरिएको बताउदै नवलपरासी जिल्लाका जुनसुकै गाउँबस्तिमा राहतकाे आवश्यकता भएको खण्डमा र विस्थापित भएको क्षेत्रमा सधैँ संस्थाले सहयोग गर्ने बताए ।

रामग्राम वडा नम्बर २ का ७० घरधुरीलाई चिउरा,चाउचाउ,दालमोट लगाएतकाे राहत सामाग्रि बितरण गरिएको हाे । सामाग्री वितरण वडा सदस्य धिरज हलुवाई ,संस्थाका सल्लाहकार सुधिर चोैधरी ,समाज सेवी ईरफान पठान , धिरज अधिकारी, जितेन्द्र गुप्ता लगाएत संस्थाका पदाधिकारीहरुकाे उपस्थितिमा वितरण गरिएको हाे197673392_495396495102285_9209404282403035886_n.jpg194216430_504700277472450_1296918512996457928_n.jpg