२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

बाढी पहिरोबाट हुनसक्ने क्षति र जाेखिमबारे सजक रहन पालिका बासिलाई अध्यक्ष चाैधरीको अनुरोध

बुधवार , आषाढ २, २०७८

नवलपरासी ,२ असार

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा बाढीको खतरा बढ्दै गएको छ । पालिका भित्रका विभिन्न वडाहरुमा भुभाग सहित केहि घरहरू विस्थापित भएका छन् । तिन दिनको अविरल बर्षाले पालिका भित्रका केही भुभाग डुबान र घरहरु विस्थापित भएर धनजनको क्षति समेत भएको छ । अझ बाढिले घर विस्थापित हुनुका साथै खतरा र समस्या बढ्दै गएको छ ।

बर्सेनि बर्षाले गर्दा आएकाे बाढीले सामन्य जनजिवनलाई प्रभावित पार्नुका साथै धनजनको क्षति गर्ने गरेको छ । जस्का कारण आम जनसमुदायमा बसाेबास गर्ने मानिहरुलाई कष्टकर र दुखपुर्ण जीवन यापन गर्न बाध्य बनाएको छ । पालिका भित्रका वडा नम्बर २,३,४,५,६ र ७ लागाएतका वडाहरु बाढिकाे चपेटामा परेकाे छ ।

जसमध्ये ६ र ७ का अधिकांश भुभाग डुबान तथा घरहरू विस्थापित भएकाे छ । वडा नम्बर ६ का खडाैना , मधवलिया र नाैडिहवा लगाएतका गाउँहरु बाढिकाे चपेटामा परि अधिकांश घरहरू विस्थापित भई धनजनको क्षति सहित भुभाग जलमग्न भएको छ । गाउँपालिका भित्रका सम्पूर्ण बाढीले प्रभावित भएको वडाहरु र विस्थापित भएको घरपरिवारहरुलाई याे विषम अवस्थामा बाढी पहिरोबाट हुनसक्ने क्षति र जाेखिमबारे सजक र सुरक्षित भई बस्न आग्रह गर्दै बाढीले गर्दा खतरा बढ्दै गएकोले पालिका विपत व्यवस्थापन समितिलाई समय समयमा जानकारी गराई जाेखिमबाट वचन सुरक्षित स्थानमा जान गाउँपालिका बासिहरुलाई पालिका अध्यक्ष राधेश्याम चाैधरिले अनुरोध गरेका छन्। उनले याे विषम अवस्थामा विस्थापित घरपरिवारहरुलाई पालिका विपत ब्यवस्थापन समितिसंग सम्पर्क गरि आवश्यक स्थानमा जान र आवश्यक्ता अनुसारकाे सेवा सुविधा पालिकाले गर्ने बताए ।