
बुधवार , आषाढ २, २०७८
भैरहवा, २ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदह नगर कार्यसमिति, रुपन्देहीले अबिरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावितलाई उद्दार गर्न उद्दार टोली बनाएको छ । बाढी पहिरोको जोखिममा रहेका नागरिकलाई उद्दारलाई आउन सक्ने समस्यालाई मध्यनजर गर्दै बुधबार टोली गठन गरिएको राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए ।
राप्रपा देवदह नगर कार्यसमितिका अध्यक्ष माधव रिमाको संयोजकत्मा उक्त टोली गठन गरिएको पार्टीले जनाएको छ । उद्दार कार्यमा खटिने टोलीलाई राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा राप्रपा देवदह नगर उपाध्यक्ष विनोद सेञ्चुरी, सैनिक संगठनका केन्द्रीय सदस्य लाल बहादुर ठकुरी, वडा नम्बर ९ का सचिव किरण गौतम, राप्रपा युवक संगठनका केन्द्रीय सदस्य ज्ञानु तिवारी क्षेत्र नम्बर १ सदस्य गोविन्द खरेल, क्षेत्र नम्बर १ (क)का अध्यक्ष कमल गौतम, युवक संगठन रुपन्देही जिल्ला सदस्य पारस अधिकारी, युवक संगठन देवदह नगर वडा नम्बर ९ अध्यक्ष धनराज भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij