images

शनिवार, बैशाख २२ गते २०८१

सडकका भोका कुकुरलाई खाना खुवाउँदै रोट्रयाक्ट र आइभीएसए

सडकका भोका कुकुरलाई खाना खुवाउँदै रोट्रयाक्ट र आइभीएसए

images
images
images
बिहिवार, आषाढ ३ २०७८
बिहिवार, आषाढ ३ २०७८
  • सडकका भोका कुकुरलाई खाना खुवाउँदै रोट्रयाक्ट र आइभीएसए

    भैरहवा, ३ असार ।
    लामो अवधिको निषेधाज्ञाका कारण भैरहवाका सडकमा भोकै रहेका सडक कुकुरलाई खाना खुवाउन सुरु गरिएको छ । रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध र अन्तर्राष्ट्रिय भेटेरिनरी विद्यार्थी संघ पक्लिहवा (आइभीएसए) को अगुवाइमा कुकुरलाई खाना खुवाउन सुरु गरिएको हो।

    images
    images
    images

    स्थानीय होटल र घरमा निर्भर रहेका कुकुर निषेधाज्ञाका कारण भोकै रहेका उनीहरुको जीवन रक्षाका लागि खानाको व्यवस्था गरिएको क्लबका अध्यक्ष कपिल चापागाईले बताए । बुधवारदेखि सुरु भएको कार्यक्रम एक हप्तासम्म चल्ने चापागाईले जानकारी दिए ।

    ‘भोकका कारण कुकुरहरु चोकचोकमा मर्ने अवस्था देखेर उनीहरुको रक्षाका लागि खाना व्यवस्थापन गरेका हौं, चापागाईले भने, ‘कुकुरको जीवन रक्षा पनि हाम्रो दायित्व हो । ’भोकै कोही नमरोस् भन्ने ध्येयले खाना खुवाइरहेको र यो निरन्तर सञ्चालन हुने उनको भनाइ छ । होटलहरु बन्द हुँदा कुकुर खाना नपाएर भोकै भएको अवस्थालाई सहज गराउन यो अभियान थालिएको चापागाईले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij