images

शनिवार, बैशाख २२ गते २०८१

कस्मेटिक समितिले खुवायो दुईसय जनालाई खाना

कस्मेटिक समितिले खुवायो दुईसय जनालाई खाना

images
images
images
बिहिवार, आषाढ ३ २०७८
बिहिवार, आषाढ ३ २०७८
  • कस्मेटिक समितिले खुवायो दुईसय जनालाई खाना

    बुटवल, ३ असार ।
    कोभिड–१९ को संक्रमणसंगै जारी निषेधाज्ञा र अविरल वर्षाका कारण दैनिक गुजारा चलाउन आम नागरिकलाई कठिन छ । यस्तो अवस्थामा विभिन्न संघ–संस्थाहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । काम गरेर जीविकोपार्जन गर्न वञ्चित भएर भोकभोकै बस्न बाध्य करिब २ सय जनालाई बुटवल उद्योग वाणिज्य संघ कस्मेटिक तथा गिफ्ट वस्तुगत समितिले बुधबार खाना खुवाएको हो ।

    images
    images
    images

    राधाकृष्ण मन्दिर परिसरमा तिनाउ वरिपरी बाढीले विस्थापित तथा ज्याला मजदूरी गर्नबाट वञ्चित भएका व्यक्तिहरुलाई भोजन गराइएको समितिका सभापति अलिम दिनले बताए । कार्यक्रमको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले खाना खुवाएर शुरुवात गरे । संघ अन्तर्गतका सबै उपसमिति व्यवसायसंगै सामाजिक कार्यमा अग्रसर रहेको उनले बताए । यस्ता कामले नै आफुहरु यो क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको उनले दावी गरे । 

    समितिका उपसभापति तथा कार्यक्रम संयोजक विष्णु उपाध्यायले कोभिड संक्रमण न्यूनीकरण गर्न आम्दा कोरोना अस्पताल संचालनका लागि आफूहरुले कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिमार्फत १ लाख २५ हजार समेत हस्तान्तरण गरिसकेको बताए । 

    समितिका सचिव सन्तोष नेपालले कार्यक्रमको आवश्यकता अनुसार नियमित गरिने बताए । संघ अन्तर्गत १० वस्तुगत उपसमिति छन् भने कस्मेटिक उपसमितिमा करीब ५० जना सदस्यहरु छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij