images

शनिवार, बैशाख २२ गते २०८१

नवलपरासीमा बाढीले दर्जनौ घर विस्थापित 

नवलपरासीमा बाढीले दर्जनौ घर विस्थापित 

images
images
images
बिहिवार, आषाढ ३ २०७८
बिहिवार, आषाढ ३ २०७८
  • नवलपरासीमा बाढीले दर्जनौ घर विस्थापित 

    परासी, ३ असार । 
    पश्चिम नवलपरासीमा सोमबार दिउँसोदेखि परेको अबिरल वर्षाका कारण  सरावल र पाल्हीनन्दन गाउँपालिका १ शंकरपुर तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका केही भुभाग जलमग्न भएका छन् । वर्षाको पानीले निकास नपाएर गाउँहरु डुबानमा पर्दा स्थानीयले सास्ती भोग्नु परेको छ ।

    images
    images
    images

    त्यसै गरी सरावलको वडा नम्बर ६ मा करिब ४३ घर (पुसौलि गुज्जर टोल ७ घर , खडौना २१ घर  मधवलिया १२ घर, नौडिहवा ३ घर)  तथा वडा नम्बर ७ मा १० घर तथा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ शंकरपुरमा ८ घर बिस्थापित भएको स्थानीय गोबरी यादवले जानकारी दिए । 

    जनप्रतिनिधिहरुले दीर्घकालीन समाधानको उपाय अपनाउन नसक्दा आफुहरु सधैंभरि बाढीको त्रासमा बस्नुपरेको स्थानीय लक्ष्मीकान्त चौधरीले बताए । 

    गाउँ तथा बाटोमा पनि घुँडा भन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । घरभित्र पानी पस्दा अन्न र पशुचौपाया जोगाउन धौधौ परेको सरावल ६ का मुबारक धुनियाले बताए । करिब ३ दिनदेखि बाढी गाउँघरमा पस्दा समेत समस्या बुझ्न कोही पनि नआएको र सम्बन्धित वडाध्यक्ष बेखबर रहेको घनश्याम चौधरीले बताए ।

    गाउँमा पानीको कारणले गर्दा विषालु सर्प तथा किरा फट्यांग्रा बढेको लक्ष्मीकान्त चौधरीले बताए । लगातार वर्षाको कारण पानीको बहाव बढ्दै गएपछि आसपासका मानिसहरु त्रसित भएका छन् । जिल्लाको प्रतापपुर, सरावल, पाल्हिनन्दन र सुस्ता गाउँपालिका बासिन्दाहरु सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् । सो स्थानका केही बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।received_340632734091123.jpeg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij