२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

खोपको व्यवस्था गर्न भन्सार एजेण्ट संघ सिद्धार्थनगरको माग

बिहिवार , आषाढ ३, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, ३ असार । 
    नेपाल भन्सार एजेण्ट संघ, सिद्धार्थनगर, रुपन्देहीले कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । संघले सानो संख्यामा भन्सार एजेण्ट पेशामा आबद्ध रहेका व्यक्तिहरुलाई खोपको व्यवस्था गर्न सरकारसंग माग गरेको हो ।

    बिहीबार संघले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत सरकारलाई बुझाएको ज्ञापनपत्रमा भनेको छ,  ‘नेपाल सरकारले कोभिड–१९ अस्पताल भनी तोकिएको स्वास्थ्यबाहेकका संस्था समेत सुरुका दिनमा बन्द रहेको अवस्थामा समेत अन्य सरकारी कार्यालय बन्द रहेको अवस्थामा समेत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी फ्रन्टलाइनमा रही आफ्नो जीवन प्रवाह नगरी भन्सार प्रशासन र एजेण्ट, प्रतिनिधि, कर्मचारी सम्पूर्णले आपूर्ति व्यवस्था (सप्लाई चेन) एकदिन पनि नरोकी कर्तव्य पालना गर्दै राजस्व संकलन गरिरहेको अवस्था छ ।’

    चालक र सह–चालकसंग प्रत्यक्ष भेटघाट सम्पर्क गर्नुपर्ने भन्सार एजेण्टको बाध्यता रहेकोले उक्त पेशामा आबद्ध व्यक्तित्वहरुलाई खोपको व्यवस्था मिलाउन संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत सरकारलाई उक्त आग्रह गरेको हो ।

    खोपको व्यवस्था नभएको अवस्थामा आपूर्ति व्यवस्था रोकिएमा वा असहज भएमा भन्सार एजेण्ट, प्रतिनिधि र कर्मचारी जवाफदेही नहुने नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले बताए ।