२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

बाढीप्रभावित महिलाको सारथी बन्दै अनेरास्ववियु नेतृ ओझा

शुक्रवार , आषाढ ४, २०७८

काठमाडौं, ४ असार । 
लगातारको बर्षा पश्चात् आएको बाढीले घरबास उठिबास भएका सिन्धुपाल्चोकका महिला दिदीबहिनिको सारथी बनेकी छन् अनेरास्ववियु नेतृ जस्मिन ओझा र अवानि पौडेल ।
बाढीको कारण बिस्थापितहरुको लागि विभिन्न संघ–संस्थाले खाद्यान्न, लताकपडा सहयोग गरिरहेको बेला काठमाडौंका ओझा र पौडेलले महिलाहरुको लागि अतिआवश्यक सेनेटरी प्याड र महिनावारी हुँदा खाने औषधी सहयोग प्रदान गरेका छन् ।

अनेरास्ववियु केन्द्रिय सदस्य समेत रहेकी ओझा र पौडेलको समूहले सिन्धुपाल्चोकका बाढी प्रभाविलाई सहयोग गरेका हुन् । उनीहरुको अभियानमा बागमति प्रदेशका सांसद प्रकाश श्रेष्ठ र नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले पनि सहयोग गरेका छन् । ओझाको टिमले चामल, दाल, तेल लगायत खाद्यान्न पनि बाढीप्रभावितलाई सहयोग गरेको छ ।131703006_768826293790140_3608986720622140548_n.jpg