images

बिहिवार, बैशाख २७ गते २०८१

शारीरिक अपांगता भएका बालबालिकाका परिवारलाई राहत वितरण

शारीरिक अपांगता भएका बालबालिकाका परिवारलाई राहत वितरण

images
images
images
शुक्रवार, आषाढ ४ २०७८
शुक्रवार, आषाढ ४ २०७८
  • शारीरिक अपांगता भएका बालबालिकाका परिवारलाई राहत वितरण

    अर्घाखाँची, ४ असार ।
    विकलाङ्ग मित्र समुह अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा शारीरिक अपांगता भएका बालबालिकाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । जसमध्ये पहिलो चरणमा सन्धिखर्क नगरपालिका भित्रमा लकडानका कारण दैनिकी चलाउन गाह्रो भएका विपन्न ८ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । 
    जसमाप्रति परिवार ३० केजी चामल, २ लिटर तेल, २ केजी चिनी, ३ केजी दाल, २ केजी नुन, साबुन ४ पिस, सेनिटाइजर आधा लिटर लगायतका सामाग्री वितरण गरिएको परियोजना अर्घाखाँचीका सुपरभाइजर श्याम सुन्दर ढुंगानाले बताए । ३१ घर परिवारलाई राहत वितरण गर्ने कार्यक्रममध्ये ८ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ भने अब २३ घर परिवारलाई सन्धिखर्क नगरपालिकाबाहेकका पालिकामासामाग्री वितरण गर्ने परियोजना सहायक रक्षा पाण्डेले जानकारी दिइन् ।

    images
    images
    images

    सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक (किशोर)को अध्यक्षता, सिर्जनशिल अपांग सरोकार केन्द्रका प्रमुख फर्सुराम पाण्डेको प्रमुख आतिथ्यता तथा परियोजना अर्घाखाँचीका सुपरभाइजर श्याम सुन्दर ढुंगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij