images

बिहिवार, बैशाख २७ गते २०८१

कोरोना प्रभावितलाई युवा संघले बाँड्यो राहत

कोरोना प्रभावितलाई युवा संघले बाँड्यो राहत

images
images
images
शनिवार, आषाढ ५ २०७८
शनिवार, आषाढ ५ २०७८
  • कोरोना प्रभावितलाई युवा संघले बाँड्यो राहत

    भैरहवा, ५ असार ।
    राष्ट्रिय युवा संघ, तिलोत्तमा नगर कमिटी रुपन्देहीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई शनिबार राहत वितरण गरेको छ । युवा संघले महामारीबाट प्रभावित तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारका करिव ६० परिवारलाई खाद्यान्न सहयोग गरेको हो । स्थानीय जनहित मा.वि.को प्रांगणमा आयोजित एक समारोहकाबीच स्थानीयलाई राहत वितरण गरिएको हो ।

    images
    images
    images

    जसमा २० केजी चामल, २ केजी दाल, एक लिटर तेल, सोयाविन, नुन लगायत खाद्य सामग्री रहेको छ । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेकाले कान्छीबजार क्षेत्रमा बसोबास गर्ने प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं–राष्ट्रिय युवा संघ तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलले भने ।

    राहत वितरण गर्दै नेकपा एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईले पार्टी संगठन निर्माणमा मात्र नलागि सामाजिक काममा पनि अग्रसर हुँदै आएको बताए । ‘महामारीबाट अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु हाम्रो दायित्व हो, अप्ठेरो पर्दा स्थानीय पार्टी कमिटी पनि नागरिकहरुकै साथमा छ’–उनले भने ।
    राहत वितरणको स्थानीय संंयोजन एमाले तिलोत्तमा नगर कमिटी सदस्य प्रदिप थापा र स्थानीय गोपाल घिमिरेले गरेका थिए । युवा संघले महामारीबाट प्रभावितलाई राहत वितरण गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij