
शनिवार , आषाढ ५, २०७८
अर्घाखाँची, ५ असार ।
अर्घाखाँचीमा बेवारिसे अवस्थामा छटपटाइरहेकी एक महिलाको उपचारका लागि अस्पताल पु¥याएपछि उपचारको क्रममा मृत्यु भएको छ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ को पुरानो बसपार्कमा छटपटाइरहेको अवस्थामा देखेपछि प्रहरी र स्थानीयले जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचारको लगे पनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अन्दाजी ५०/५५ वर्षिय ती महिला नाम,थर नखुलेकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिए । शुक्रबार बेवारिसे अवस्थामा प्रहरीले भेटाए पनि ती महिला उपचार गर्न जान नमानेकोले आज मात्र उपचारको लागि अस्पताल लगिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij