२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

देउराली यातायात प्रालिले ७३ लाख ७५ हजार बराबरको राहत वितरण गर्ने

आइतवार , आषाढ ६, २०७८

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • अर्घाखाँची ।

    देउराली यातायात अर्घाखाँची प्रालिले ७३ लाख ७५ हजार रुपैयाँ बराबरको राहत वितरण गर्ने भएको छ । लकडाउनका कारण मारमा परेका प्रालिका गाडी धनी, चालक, सहचालक र कर्मचारीलाई संस्थाले राहत वितरण गर्न लागेको संस्थाका अध्यक्ष गोविन्द बन्जाडेले बताए ।

    कोरोनाको महामारीका कारण लकडाउनको मारमा परेका यातायात व्यवसायीलाई पर्न गएको कठिन समस्यालाई मध्यनजर गरी प्रालिमा आबद्ध भइ सञ्चालनमा आएका १ सय ४३ सवारी साधनका सम्बद्ध सबैलाई राहत वितरण गर्न थालेको छ। वि.सं  २०६१ सालमा स्थापना भएको यस संस्थासँग अहिले जीप, हाइस ,मिनि बस गरेर एक सय ४३ वटा सवारी साधन रहेका छन् ।

    प्रालिले गाडी धनीलाई ४३ हजार, चालकलाई ५ हजार, सहचालकलाई २ हजार रुपैयाँका ,कर्मचारीलाई प्रतिव्यक्ति ५ पाँच हजार रुपैयाँका दरले राहत दिने समितिको निर्णय गरेको समितिका कोषाध्यक्ष नारायण खड्काले बताए । लकडानकाकारण गाडी नचल्दा किस्ता तिर्न समेत गाह्रो भएका गाडी धनी राहत पाउने भएपछि खुशी भएका छन ।