images

सोमवार, बैशाख २४ गते २०८१

रुपन्देहीमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी पुरस्कृत

रुपन्देहीमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी पुरस्कृत

images
images
images
सोमवार, आषाढ ७ २०७८
सोमवार, आषाढ ७ २०७८
  • रुपन्देहीमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी पुरस्कृत

    भैरहवा, ७ असार । 
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाभित्रमा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम जेठ महिनामा कार्यसम्पादनको आधारमा उच्च प्रांप्ताक (स्कोर) पाएका तीन जनालाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
    प्रहरी कार्यालयका इञ्चार्जहरुलाई २०७८ जेठ महिनाको ‘हाई इन्टीग्रिटी इञ्चार्ज अफ द मन्त’ प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा प्रहरी निरीक्षक सुदर्शन पन्थी, सीमा प्रहरी कदमहवामा कार्यरत प्रहरी सहायक निरीक्षक दिब्य थापा मगर र प्रहरी चौकी मर्यादपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वर रोकायलाई पुरस्कृत गरिएको उनले जानकारी दिए ।

    तीन जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले ‘हाई इन्टीग्रिटी इञ्चार्ज अफ द मन्त’ बाट पुरस्कृत गरे ।

    ‘आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्दै यस कार्यालयबाट सञ्चालन गरिएको फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा ‘उच्च इन्टीग्रिटी स्कोर’ प्राप्त गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्रव्यवसासिक गतिविधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले उहाँहरुको सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै यसलाई निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न सम्मान तथा अभिलेखमा जनिने गरी नगद पुरस्कार प्रदान गरीएको छ, ’डीएसपी थापाले भने ।

    यस अघि उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महत, प्रहरी चौकी शिवपुर गोनाहाका प्रहरी सहायक निरीक्षक जितेन्द्र राय यादव र प्रहरी चौकी शान्तिबजार सुर्यपुराका प्रहरी सहायक निरीक्षक सनन्दन प्रसाद यादवलाई वैशाख महिनाको ‘हाई इन्टीग्रिटी इञ्चार्ज अफ द मन्त’ बाट पुरस्कृत गरिएको थियो ।






    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij