२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

कर तिर्ने समय थप गर्न तिलोत्तमा चेम्बर अफ कमर्सको माग

सोमवार , आषाढ ७, २०७८

भैरहवा, ७ असार ।
तिलोत्तमा चेम्बर अफ कमर्सले कर तिर्ने समयसीमा थप गर्न सरकारसंग माग गरेको छ ।  संस्थाको सचिवालय बैठकले निषेधाज्ञाका कारण सबै व्यवसायीहरुको आर्थिक कारोबार पूर्णरु पमा सञ्चालन नभएको अवस्थामा सरकारले असार २५ गतेभित्र कर तिर्ने समयसीमा तोकेकोमा ध्यानाकर्षण भएको जनाउँदै निषेधाज्ञा पूर्ण रुपमा खुलेको ३ महिनासम्म कर तिर्न पाउने गरी समय थप गर्न माग गरेको हो ।

बैठकपछि संस्थाका अध्यक्ष बाबुलाल भुसालद्वारा जारी विज्ञप्तीमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणले गर्दा व्यवसाय पूर्णरुपमा सञ्चालन नभएको उल्लेख गर्दै ५० प्रतिशत घरभाडा छुट गर्न पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।

निषेधाज्ञा अवधिभरको घरभाडामा ५० प्रतिशत छुट गर्न माग गरिएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै बैठकले घरधनीहरुलाई निषेधाज्ञा अवधिको घरभाडा ५० प्रतिशत छुट गर्न आग्रह गरिएकोले सोही बमोजिम नै घरबहाल करमा पनि ५० प्रतिशत छुट गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ । साथै बैठकले सम्पूर्ण उद्योगी व्यवसायी र अग्रपंक्तिमा कार्यरत श्रमिकहरुलाई कोभिड–१९ को दुवै चरणको खोपको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।