२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

भदौ १५ सम्म रुपन्देही जिल्ला अदालतको सेवा स्थगित

बिहिवार , भाद्र ११, २०७७

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • भैरहवा, ११ भदौ ।
    रुपन्देही जिल्ला अदालतबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु भदौ १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

    अदालतमा अभियोग पत्रसाथ थुनछेक प्रयोजनार्थ पेश गरिएको थुनुवाहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अदालत परिसर निर्मलीकरण गर्नुपर्ने भएकोले सम्पूर्ण सेवाहरु स्थगित गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी गंगा प्रसाद अधिकारीले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय बुटवलबाट अदालतमा पेश गरिएका चार जना थुनुवाहरुमा बुधवार संक्रमण पुष्टि भएको थियो ।
    सूचना अधिकारी अधिकारीका अनुसार अदालत परिसर निर्मलीकरण गर्नका लागि भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म पाँच दिनको लागि सम्पूर्ण सेवाहरु स्थगित गरिएको छ ।