२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

स्थापना दिवसमा सिद्धार्थ सहकारीद्वारा सहयोग 

सोमवार , आषाढ ७, २०७८

बुटवल, ७ असार ।
सिद्धार्थ बहुउद्देश्य सहकारी संस्था लिमिटेड बुटवलले आफ्नो स्थापना दिवसको अवसर पारेर विभिन्न सहयोग र मानवीय सेवाका कार्यक्रम सम्पन्न गरेको छ । 

कोरोना महामारीकाबीच सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मानवीय सेवाका कार्यक्रमहरु संचालन गरेर २२ औ स्थापना दिवसको अवसर पारेर मानव सेवा आश्रम बुटवललाई खाद्यान्न तथा सरसफाईको साम्रगी सहयोग गरेको छ  । 

जसमा चामल, दाल, पिठो लगायतका खाद्यान्न सामाग्री रहेका छन् । यस्तै माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरेको संस्थाका अध्यक्ष राम प्रसाद पौडेलले बताए । 
रगत अभावमा कुनै पनि व्यक्तिले दुःख नपाउन् भन्दै सोमबार रक्तदान कार्यक्रम आयोजना भएको छ । जसमा संस्थाका शेयर सदस्य तथा शुभचिन्तकहरुबाट २७ युनिट रक्तदान गरिएको थियो । रक्तदानपछि आयोजित कार्यक्रममा सहकारी शिक्षा उपसमितिका संयोजक शिव वहादुर अधिकारी, संचालक सदस्य बिन्दु खनाल गौतम, व्यवस्थापक ओम प्रकाश भट्टराई स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतले आफ्ना धारणा राखेका थिए । कोरोना महामारीकाबीच सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मानवीय सेवाका कार्यक्रमहरु संचालन गरेको अध्यक्ष पौडेलले बताए । 

२ करोड ९७ लाख ३ हजार ४ सय सेयर पुँजी रुपैयाँ रहेको यस सहकारीले २४ करोड ६८ लाख ७९ हजार ४ सय ६४ रुपैया लगानी गरेको छ । एक हजार २ सय सेयर सदस्य रहेको सहकारीमा महिला सदस्य ५ सय ५१ जना छन् । सहकारीले कृषि, कुटीर उद्योग, व्यवसाय एवं सीप प्रवद्धनमा लगानी गरेको छ ।