images
images

सोमवार, जेठ ७ गते २०८१

प्रेस चौतारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

प्रेस चौतारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

images
images
images
सोमवार, आषाढ ७ २०७८
सोमवार, आषाढ ७ २०७८
  • प्रेस चौतारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौं, ७ असार ।
    नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले प्रेस चौतारी नेपाललाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड-१९ रोकथामका लागि आवश्यक स्यानिटाइजर, मास्क र फेससिल्डसहितका सामग्री महासंघका अध्यक्ष रमेश पौडेलले चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रदान गरेका हुन् । कार्यक्रममा अध्यक्ष पौडेलले जोखिमका समयमा अग्रमोर्चामा रहेर काम गर्ने पत्रकारको सम्मानस्वरुप सामग्री दिइएको बताए ।

    images
    images
    images

    चौतारीका अध्यक्ष बस्नेतले आफूहरुको सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको यात्रामा यस्ता भौतिक साथले जोखिममा खट्न बल पुग्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष एवं ‘कोभिड, नो भीड’ अभियानका संयोजक पर्शुराम बस्नेतले विभिन्न अग्रमोर्चामा रहेकाहरुलाई सामग्री वितरण गरिएको र दोस्रो चरणमा खाद्यान्न वितरण गर्ने बताए । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij