images
images

सोमवार, जेठ ७ गते २०८१

प्रतिमान नीमा प्रतिष्ठानद्वारा कपिलवस्तु अस्पताललाई सहयोग

प्रतिमान नीमा प्रतिष्ठानद्वारा कपिलवस्तु अस्पताललाई सहयोग

images
images
images
मंगलवार, आषाढ ८ २०७८
मंगलवार, आषाढ ८ २०७८
  • प्रतिमान नीमा प्रतिष्ठानद्वारा कपिलवस्तु अस्पताललाई सहयोग

    भैरहवा, ८ असार ।
    प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले कपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु अस्पताललाई सहयोग गरेको छ । प्रतिष्ठानले अस्पताललाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम अनुसार उक्त अस्पताललाई प्रदान गरिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । निम्नवर्गीय नागरिक उपचारका लागि आउने सरकारी अस्पतालमा केही भए महामारी न्यूनीकरणको लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री प्रदान गरिएको उनले बताइन् । 
    अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा अस्पताललाई अक्स्जिन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर ५ थान, पीपीई १२५ थान, सर्जिकल माक्स ५०० थान, फेस सिल्ड १०० थान, सर्जिकल क्याप १०० थान र सेनिटाइजर ५० लिटर प्रदान गरिएको निर्देशक धर्म बहादुर के.सी.ले जानकारी दिए ।

    images
    images
    images

    प्रतिष्ठानले कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहमार्फत कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. किशोर बन्जाडेलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
    कार्यक्रममा बोल्दै कपिलवस्तु नगरप्रमुख किरण सिंहले दोस्रो लहरको कोरोना महामारीमा विभिन्न समस्या आएको बताए । उनले अस्पतालमा रहेका ३/४ वटा भेन्टिलेटर मात्रै रहेको अवस्थामा धेरै विरामीको उपचार गरिएको बताए । नगरप्रमुख सिंहले महामारीको न्यूनीकरण गर्ने अवस्थामा पुगेको बताए । उनले अबको चुनौती भनेकै तेस्रो लहरको कोरोना आउने सम्भावना रहेकोले त्यसको रोकथाम तथा नियन्त्रणको लागि केही भेन्टिलेटर सहयोग गर्न प्रतिष्ठानलाई आग्रह गरे । महामारीमा विभिन्न संघ संस्थाले सहयोग गरेको उनको भनाइ थियो ।
    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. किशोर बन्जाडेले प्रतिमान नीमा स्मृति प्रतिष्ठानसंग आगामी दिनमा पनि अस्पतालले सहकार्य गर्दै जाने बताए । उनले अहिलको विषम परिस्थितिले विभिन्न पाठ सिकाएको बताए । अस्पताललाई उपलब्ध सामग्रीको सदुपयोग गर्ने उनले बताए ।

    प्रतिमान नीमा कलेजका लेखा शाखा प्रमुख ऋषिराम पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य शान्ति पासी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुका अध्यक्ष नारायण बहादुर सिंह, राप्रपा कपिलवस्तु नगर समिति अध्यक्ष अम्रिका कुर्मी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्री लगायतको उपस्थिति रहेको थियो ।
    यो संगै प्रतिष्ठानले रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, नवलपरासीको परासीस्थित पृथ्वी चन्द अस्पताल, रुपन्देहीको रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ विशेष अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij