images
images

सोमवार, जेठ ७ गते २०८१

सात हजार बढीलाई जेसीआई सिद्धार्थले दियो एकमहिना निःशुल्क खाना

सात हजार बढीलाई जेसीआई सिद्धार्थले दियो एकमहिना निःशुल्क खाना

images
images
images
मंगलवार, आषाढ ८ २०७८
मंगलवार, आषाढ ८ २०७८
  • सात हजार बढीलाई जेसीआई सिद्धार्थले दियो एकमहिना निःशुल्क खाना

    भैरहवा, ८ असार ।
    जेसीआई सिद्धार्थ, नेपालले कोरोना संक्रमित बिरामी, बिरामीको कुरुवा तथा अन्य बिरामीहरुलाई एक महिनासम्म निःशुल्क खाना खुवाएको छ । संस्थाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र सिद्धार्थनगर नगरपालिकाद्वारा सिद्धार्थ बसपार्कमा सञ्चालित आइसोलेशन सेन्टरमा ३३ दिनसम्म निःशुल्क खाना वितरण गरेको हो ।

    images
    images
    images

    ‘महामारीको बेला एकले अर्कालाई सहयोग गर्नु नै मानवीय कार्य हो, निषेधाज्ञाको पालना गर्दैै नागरिक घरमै बसेको बेला विरामी र बिरामी कुरुवाहरुको लागि केही भए पनि सहयोग

    पुग्छ भन्ने उद्देश्यले निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरेका हौं,’ जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले भने ।
    जेठ ६ गते सुरु गरिएको कार्यक्रम ३३ औं दिन सोमबारसम्म आइपुग्दा संस्थाले ७ हजार १ सय जनालाई खाना वितरण गरिसकेको ज्ञवालीले जानकारी दिए । खाना वितरण कार्यक्रम सोमबार समापन गरिएको उनले बताए । समाजमा आइपर्ने विभिन्न संकटमा सिद्धार्थ जेसीआई सारथी बन्ने उनको भनाइ छ । 

    कार्यक्रम सञ्चालन गर्न जेसीआई सिद्धार्थका पूर्वअध्यक्ष, कार्यसमिति सदस्य तथा यस क्षेत्रमा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सहयोग गर्नुभएको कार्यक्रम संयोजक कमल जि.सी.ले बताए । 

    ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल मन्त्रलाई आत्मसात गर्दै महामारीमा निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरिएको जेसीआई सिद्धार्थ, २०२१ का महासचिव सागर पोखरेलले बताए । आगामी दिनमा पनि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जेसीआई सिद्धार्थका निवर्तमान अध्यक्ष मंगल भण्डारीले बताए । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो भएसंगै खाना वितरण कार्यक्रम समापन गरिएको भण्डारीले बताए ।

    खाना वितरण कार्यक्रममा खाना लिन आएका स्याङ्जाका थमनाथ बस्यालले आफू श्रीमतीको स्वास्थ्य उपचारका लागि युसीएमएस आएको बताउँदै जेसीआई सिद्धार्थले खाना वितरण गरेर बिरामी र बिरामी कुरुवालाई सहयोग गरेको बताए । उनले भने, ‘खाना ठीक छ, जे छ राम्रो छ ।’

    त्यस्तै सर्लाहीबाट आफ्नो छोराको उपचारका लागि युसीएमएस आएका मदन बहादुर थापामगरले पनि निःशुल्क खाना वितरण गरी बिरामी र बिरामीको कुरुवालाई सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

    कोरोना महामारीको रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण होटल तथा रेष्टुरेण्ट बन्द भएको अवस्थामा जेसीआई सिद्धार्थ, नेपालले निःशुल्क खाना खुवाएर एकदमै राम्रो कार्य गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका महासचिव अजय कुमार गुप्ता बताउँछन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij