images
images

सोमवार, जेठ ७ गते २०८१

पश्चिम नवलपरासीमा माक्स बैंक स्थापना

पश्चिम नवलपरासीमा माक्स बैंक स्थापना

images
images
images
मंगलवार, आषाढ ८ २०७८
मंगलवार, आषाढ ८ २०७८
  • पश्चिम नवलपरासीमा माक्स बैंक स्थापना

    नवलपरासी ,८ असार

    images
    images
    images

    पश्चिम नवलपरासीकाे विभिन्न स्थानीय तहरुमा मास्क बैंक स्थापना गरिएको छ । यूवा सचेतना संस्था नवलपरासी द्वारा कोरोनाको दाेस्रो लहरमा रामग्राम नगरपालिका ,सुनवल नगरपालिका र सरावल गाउँपालिकामा माक्स बैँक स्थापना गरिएको छ ।

    मास्क बैंक स्थापना कार्यक्रम समृद्धि सामाजिक विकास संस्था नवलपरासी र समाजसेवी रियाज अलि लगाएत सुनवलका सकृय युवाहरुकाे सहजीकरणमा गरिएको छ । संस्थाका अध्यक्ष  ईमामुल अलीकाे अध्यक्षता र माननिय वैजनाथ जैसवालकाे प्रमुख आतिथ्यतामा तथा रामग्राम नगरपालिका वडा नम्बर ६ का वडा सदस्य विद्या सागर तिवारी,वडा नम्बर २ का सदस्य धिरज हलुवाई , समाजसेवी तबरेज आलमकाे आतिथ्यतामा रामग्राम नगरपालिकाबाट मास्क बैंक स्थापना कार्यक्रम सुरु गरिएको हाे । 

    काेभिड १९ महामारीको दाेस्राे लहर राेकथामका लागि साझा पहल नाराका साथ सामाजिक दुरि कायम गराै , मास्क लगाउने बानि बसालौ , हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ उदेश्यका साथ मास्क बैंक स्थापना गरिएको हाे । साे अवसरमा बाेल्दै प्रमुख अतिथि जैसवालले काेराेना भाईरसकाे दाेस्राे लहरले आम जनसमुदायमा धेरै नै प्रभाव पारेको बताउदै आम नागरिककाे समस्या बुझि सहयोग गर्ने उदेश्यले मास्क बैंक स्थापना गरिएको बताए । उनले एकातिर बाढिले गरेको क्षति एकातिर काेराेना महामारीको दाेस्राे लहरले गर्दा आम नागरिककाे दैनिक जिवन यापन गर्ने समस्या समेत बढेकाे भन्दै उक्त समस्यालाई मध्यनजर गर्दै काेराेना महामारीको जाेखिमबाट आम जनसमुदायका मानिसहरूलाई सहयोग गर्ने उदेश्यले मास्क बैंक स्थापना गरिएको बताए । साथै यस विषम परिस्थितिमा महामारीको जाेखिम बाट बच्न र अरुलाई बचाउनकाे लागि मास्क बैंक स्थापना गरि जनचेतना फैलाउदै मास्क नलगाएर हिड्ने ब्यक्तीहरुलाई मास्क लगाउन प्रेरित गरि निशुल्क रुपमा मास्क वितरण गर्ने र आफु स्वयम पनि जनताकाे हकहित र सुरक्षाको लागि दिनरात खटिने बताएका थिए ।

    काेराेना भाईरसकाे विषम परिस्थितिमा मानिसहरुकाे अति आवश्यक काम बाहेक आवत जावत गर्नमा राेक लगाउनका लागि नेपाल सरकारले जारि गरेको निषेधाज्ञा लाई पालन गर्दै काेराेना बाट नवलपरासीका मानिसहरुलाई सचेत गर्नका लागि र जनचेतना फैलाउने उदेश्यले मास्क बैंक स्थापना गरिएको संस्थाका अध्यक्ष अलिले बताए । साथै आम जनसमुदायका गरिब तथा विपन्न मानिसहरुलाई टेवा पुग्ने बताउँदै याे अभियान सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी संघसंस्था र समाजसेवीहरुलाई धन्यवाद समेत दिएका थिए ।

    यस काेराेना बाट अफु पनि बाचौँ र अरुलाई पनि बचाउ भन्ने साेचले स्थापना गरेको मास्क बैंकले गरिब जनतालाई सहयोग पुग्नुका साथै काेराेनाकाे जोखिमबारे सचेत गराउन र बाटोमा बिना माक्स हिनिरहेका मानिसहरुलाई माक्स वितरण गरि काेराेना बाट बचन जनचेतना जगाउने उदेश्यले स्थापन गरिएको वडामा नम्बर ६ का वडा सदस्य तिवारीले बताएका थिए । साे मास्क बैंक स्थापना कार्यक्रममा सुनवल नगरपालिका सकृय युवा परिवर्तन भट्टराई ,विक्कि डुमरे ,समीर परिवारकाे सहजीकरण रहेको थियोे । भने सरावल गाउँपालिकामा समृद्धि समाजिक विकास संस्था नवलपरासीका अध्यक्ष महेश यादव , समाजसेवी रियाज अली ,सैफुल्लाह अंसारी , संजय मिश्रा ,छोटेलाल गुप्ता , झिन्कु सिंह , घनश्याम चाैधरी , लगाएतकाे साथ सहयोग र उपस्थितिमा मास्क बैंक स्थापना गरिएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij